एजेन्सी : बलिउड कलाकारहरुबीच डेटिङको चर्चा चल्नु सामान्य कुरा हो। अभिनेता टाइगर श्रफ र अभिनेत्री दिशा पटानी बीचको डेटिङको हल्ला चलिरहन्छ। दुवै जना आफ्ना फ्यानहरुमाझ निकै प्रसिद्द छन् र तिनका तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल हुने गर्छन्। आज हामी तपाईलाई यी दुईको केही तस्बिरहरु देखाउँछौँ, जुन हेरेर तपाई यी दुईलाई बलिउडको सबैभन्दा सुन्दर र पर्फेक्ट जोडी मान्न तयार बन्नुहुनेछ।
दिशा र टाइगर पछिल्लो केही वर्षदेखि डेट गरिरहेको अपवाह फैलिरहेको छ तर यी दुवैले आफ्नो प्रेम सम्बन्धबारे कहिले पनि खुलेर बोलेका छैनन्।
यी दुईलाई कहिले कुनै रेस्टुरेन्टको बाहिर त कहिले कुनै सार्वजनिक स्थलमा एक साथ देखिन्छ।
यहाँसम्म कि दुवैजना भ्याकेसनमा पनि सँगै जान्छन्। केही समय अघि टाइगर र दिशा नयाँ वर्ष मनाउन माल्दिभ्स गएका थिए।
यी दुईले सँगै खिचेका फोटोहरु कहिले पनि शेयर गर्दैनन् तर अलग-अलग नै सही यिनको भ्याकेसनको फोटो सामाजिक सञ्जालमा आगो लगाउन काफी हुन्छ।
अनस्क्रिनको कुरा गर्ने हो भने यो जोडी सबैभन्दा पहिले म्युजिक भिडियो ‘बेफिक्रे’ मा सँगै देखिएका थिए। त्यसपछि दिशालाई फिल्म ‘बागी’ को सिक्वेल ‘बागी २’ मा टाइगर श्रफको अपोजिटमा देखिएको थियो।
दुवैको फिल्मी करियरको कुरा गर्ने हो भने टाइगरले फिल्म ‘हिरोपन्ती’ बाट डेब्यु गरेका थिए। दिशाको पहिलो फिल्म ‘एमएस धोनी : द अनटोल्ड स्टोरी’ थियो, जसमा उनको अपोजिटमा दिवङ्गत सुशान्त सिंह राजपूत थिए।
बलिउडको सबैभन्दा सुन्दर र पर्फेक्ट कपल हुन् टाइगर र दिशा, यकिन नभए हेर्नुस् यी फोटो

प्रकाशित : बिहिबार, चैत ०५, २०७७२०:१४