एजेन्सी : पति-पत्नीको सम्बन्धलाई सात जन्मसम्मको सम्बन्ध मानिन्छ। पति-पत्नी विवाहको सात फेरासँगै सँगै जिउने सँगै मर्ने कसम खाएर आफ्नो वैवाहिक जीवन सुरु गर्छन्। प्रेम नै पति-पत्नीको सम्बन्धको पहिलो नाम हो। पति-पत्नी सुख-दुख दुवैको साथी हुन्। पति-पत्नी एक-अर्काको पर्वाह गर्छन्, यहीँ सच्चा सम्बन्ध हो। पति-पत्नीको जीवनको सुरुवात विवाहको सात फेराबाट हुन्छ र सात जन्मसँग सँगै जिउने-मर्ने कसम खान्छन्। यसैबीच श्रीमान-श्रीमतीको सँगै जिउने सँगै मर्ने कसम सत्य भएको छ। एक यस्तो घटना सार्वजनिक भएको छ, जहाँ पतिको मृ-त्युको केही घण्टापछि नै पत्नीले पनि आफ्नो प्राण त्यागेकी छिन।
विवाहको दिन सँगै जिउने र सँगै मर्ने कसम खाएका एक दम्पतिले एक-अर्कासँग गरेको बाचाकसम अन्तिम साससम्म निभाएका छन्। भारतको मध्यप्रदेश स्थित एक गाउँमा ठ्याक्कै यस्तै भएको छ, जुन वास्तविक जीवनमा विरलै हुने गर्छ।
भारतको एउटा गाउँमा पति-पत्नीले अमर प्रेमको मिसाल दिएका छन्। पतिले जुन आँगनमा आफ्नी पत्नीलाई बिहेवारी गरेर ल्याएका थिए, ठिक त्यहीँ आँगनमा दुवैको अर्थी एक साथ उठ्यो र एक साथ दुवैजनाको चितामा दागबत्ती दिईयो। यस्तो दृश्य देखेर मलामी गएका सबैका आँखा रसाएका थिए।
भारतीय सञ्चारमाध्यमहरुका मध्यप्रदेशस्थित एक गाउँमा ८५ वर्षीय शङ्कर धोबीका परिवार बस्छन्। अचानक आइतबार राति शङ्कर धोबीको मृ,त्यु भयो। उनकी पत्नी बसन्ती बाई बोल्न सक्दिन्थिन्। उनका छोराले इशारामा उनको पति अब यस दुनियाँमा नरहेको कुरा बताए। र धर्मपत्नी बसन्ती बाईले पतिवियोगको पीडा खप्न सकिनन् र पतिको मृ-त्युको दुई घण्टा पछि नै भौतिक संसार छाडिन्।
अचानक पति-पत्नीको निधनको खबर गाउँभरी फैलियो र गाउँका मानिसहरु जम्मा भई पति-पत्नीलाई बेहुला-बेहुली बनाई श,वयात्रा निकाले। पति-पत्नीको एक साथ अन्तिम संस्कार गरिएको छ।
वृद्द दम्पत्तिका छोरा बद्रीलालले भारतीय सञ्चारमाध्यमलाई बताए कि उनले आफ्नी आमालाई पिताजीको मृ,त्युको खबर बताउँदा आमा रोएकी थिईन्। त्यत बेला आमाको वरिपरी केही महिलाहरु बसेका थिए, तर अचानक दुई घण्टापछि आमा सुत्न गईन्। त्यसपछि उनी उठिनन्। वरिपरी बसेका महिलाहरुले आमालाइ उठाउने कोसिस गर्दा उनले यस संसार छाडिसकेकी थिईन्।