यी ६ अक्षरबाट सुरु हुने नामका युवतीको रिस नाकको टुप्पामा हुन्छ !

काठमाडौँ : ज्योतिषीय दुनियाँमा नामको निकै महत्व हुन्छ। ज्योतिष शास्त्रमा नामको पहिलो अक्षरबाट नै कुनै पनि व्यक्तिको जीवनमा कहिले खुशी र दुख आउने थाहा पाउन सकिन्छ। नामबाट नै कुनै पनि व्यक्तिको व्यक्तित्व जान्न सकिन्छ। आज हामी तपाईलाई B, H, L, P, R र S नामको युवतीको स्वभाव बताउँदै छौँ।

कस्ता हुन्छन् B, H, L, P, R र S नामको युवतीको स्वभाव 

जन्मेको समय र स्थानको प्रभाव हरेक व्यक्तिको स्वभावमा पर्छ। जन्मिएको बच्चाको जुन नाम राखिन्छ त्यसको पनि प्रभाव बच्चाको स्वभावमा पर्छ। केही यस्ता मानिसहरु भेटिएका छन्, जसको नामको अक्षर एउटै हुँदा तिनको स्वभाव पनि लगभग एकै खाले हुन्छ।

आज हामी तपाईलाइ B, H, L, P, R र S नामको युवतीहरुका स्वभावबारे बताउँदै छौँ। B, H, L, P, R र S नामका युवतीहरु रिसालु स्वभावका हुन्छन्। यी नामका युवतीको रिस नाकको टुप्पामा हुने गर्छ।

B नामका युवतीको स्वभाव 

जुन युवतीको नाम B बाट सुरु हुन्छ तिनीहरु सफा मनका हुन्छन्। तर हरेक कुरा रिसाईरहने यिनको सबैभन्दा ठुलो समस्या हो। प्राय: यी नामका युवतीले आफ्नो रिस अरुलाई पोख्छन्। रिसालु स्वभावका भए पनि यी नामका युवती राम्रा हुन्छन्।

H नामका युवतीको स्वभाव 

यस नामका युवती अरुसँग मिलेर बस्न रुचाउँछन्। यिनीहरु घरपरिवारको राम्रो ख्याल राख्छन्। यिनीहरु आफ्नो र आफ्नो परिवारको मान-सम्मानको लागि जुनसुकै हदसम्म पनि जानसक्छन्। तर, स-साना कुरामा रिसाइरहने यिनको सबैभन्दा खतरानक स्वभाव हो। यिनीहरु आफ्नो रिसलाई काबू गर्न सक्दैनन् र त्यसको हानि पनि यिनीहरुलाई नै हुन्छ।

L नामको युवतीको स्वभाव 

यो नामको युवती आफ्नो छवि खराब हुने खाले कुनै पनि काम गर्न मन पराउँदैनन्। यस नामका युवती हरेक काममा अगाडी हुन्छन्। यिनीहरु आफ्नो जीवनमा विभिन्न नयाँ-नयाँ चीजहरु अनुभव गर्न सौखिन हुन्छन्। यिनीहरुको रिसले यिनीहरु आफैँलाई कमजोर बनाउँछ। यिनीहरु जुनसुकै बेला जोकोहीँसँग पनि आफ्नो रिस पोख्न सक्छन्। तर यिनीहरु मनको एकदमै राम्रा हुन्छन्।

P नामका युवतीको स्वभाव 

P नामका युवतीहरु रिसालु स्वभावका हुन्छन्। यिनीहरुको स्वभाव कि त एकदम पतर-पतर बोलिरहने या कि एकदम शान्त हुन्छन्। यो नामको युवतीहरु कम बोल्न, आफ्नै छुट्टै संसारमा हराइरहन मन पराउँछन्। यिनीहरु कहिल्यै पनि आफ्नो रिस अरुमाथि पोख्दैनन्।

R नामका युवतीको स्वभाव

यस नामको युवती हेर्दा एकदमै सुन्दर हुनुको साथै तेज दिमागका पनि हुन्छन्। यहीँ कारण मानिसहरु यिनीहरुप्रति बढी आकर्षित हुन्छन्। यिनीहरु समाजको लागि काम गर्छन्। तर, रिस यिनको सबैभन्दा ठुलो कमजोरी हो। यिनीहरु रिस र प्रेम गर्न पनि खप्पिस हुन्छन्। यद्यपि यिनीहरु आफ्नो दुख लुकाउन भने सक्दैनन्।

S नामको युवतीको स्वभाव 

यो नामको युवतीहरु प्रेम सम्बन्धलाई अत्यन्तै मिहिन ढङ्गले निभाउँछन्। तर दुश्मनी पनि यिनीहरु राम्ररी निभाउँछन्। यिनीहरु हेर्दा अत्यन्तै सोझी-सिधा देखिन्छन्। तर रिस सबैभन्दा बढी उठ्छ। यिनको रिसको कारणले मानिसहरु यिनीहरुबाट टाढिन्छन्।

प्रकाशित : बुधबार, चैत ०४, २०७७१५:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज आमलकी एकादशी : बन्नेछन् दुई शुभ संयोग, कसरी गर्ने पूजा