होलीमा ४९९ वर्षपछि बन्नेछ अद्भुत महासंयोग, यो वर्ष धेरै खास हुनेछ होली

काठमाडौँ : फाल्गुण शुक्लपक्षको पूर्णिमामा हरेक वर्ष होली उत्साह र उमङ्गको साथ मनाइन्छ। पूर्णिमाको रात होलिका दहन गरिन्छ र अर्को दिन रङ्ग वाला होलि खेलिन्छ। यस वर्ष चैत्र १५ गतेको दिन होलिका दहन गरिनेछ, जबकि चैत्र १६ गते बिहान रङ्गको होलि खेलिनेछ। यद्यपि यस वर्षको होलि अरु कारणले पनि खास रहेको छ।

ज्योतिषीका अनुसार यस वर्ष होलिमा ४९९ वर्षपछि ग्रहको अद्भुत संयोग बन्दै छ। होलिमा बनेको यस विशेष संयोग, तिथि, होलाष्टक र शुभ मुहूर्तको बारेमा विस्तारमा बताउनेछौँ।

खासमा के हो संयोग – ज्योतिर्विद्का भनाई अनुसार होलिमा चन्द्रमा कन्या राशिमा रहनेछ, जबकि बृहस्पति र न्याय देव शनि आ-आफ्नो राशिमा विराजमान रहनेछ। ज्योतिषीका अनुसार ग्रहको यस्तो महासंयोग १५२१ मा बनेको थियो। ४९९ वर्ष पछि एक पटक फेरि यो वर्षको होलिमा यस्तो महासंयोग बन्नेछ।

होलिमा यी संयोग पनि बन्नेछ – रङ्ग र खुशीको पर्व होलीमा यसपटक दुई खास संयोग पनि बन्नेछन्। ज्योतिषीका अनुसार होलीमा यस पटक सर्वार्थ सिद्धि योग र अमृत सिद्धि योग पनि बन्नेछन्। यी दुवै योग अत्यन्तै शुभ मानिन्छ।

होलीको शुभ मुहूर्त – होलिका दहन आइतबार चैत्र १५ गते गरिन्छ। यस दिन साँझ ६ बजेर ३६ मिनेट देखि ८ बजेर ५६ मिनेटसम्मसम्म होलिका दहनको मुहूर्त रहेको छ। यानी यसको कुल अवधि २ घण्टा १९ मिनेट रहनेछ। पूर्णिमा तिथि चैत्र १५ को बिहान करिब साढे तीन बजेदेखि चैत्र १६ गतेको राति करिब सवा बाह्र बजेसम्म रहनेछ।

कहिलेबाट सुरु हुन्छ होलाष्टक – हिन्दु धर्ममा होलीको आठ दिन अघिबाट सबै शुभ कार्यहरु रोक लगाइन्छ। यस समयावधिलाई होलाष्टक भनिन्छ। फाल्गुन शुक्ल अष्टमीबाट होलिका दहनसम्म होलाष्टक रहन्छ। यस पटक होलिका दहन चैत्र १६ गते हुन्छ, यसकारण होलाष्टक चैत्र ९ गते देखि चैत्र १५ गतेसम्म रहनेछ। होलाष्टकमा शुभ कार्य वर्जित हुन्छन्, तर जन्म र मृत्युसँग जोडिएका काजक्रिया गर्न सकिन्छ।

के हुन्छ होलाष्टक – हिन्दु धर्मको मान्यता अनुसार हिराण्यकश्यपले आठ दिनसम्म आफ्नो पुत्र प्रह्लादलाई अत्यन्तै प्रताडित गरेका थिए। भगवान विष्णुको भक्त प्रह्लादमाथि विष्णुको अत्यन्तै कृपा थियो, यसकारण हरेक पटक उनी बाँच्थे। त्यसपछि बाट नै होलीको ८ दिन अघि होलाष्टक मनाउने परम्परा चलिआएको हो।

कसरी बच्यो प्रह्लादको प्राण – हिरण्यकश्यपकी बहिनी होलिकालाई अग्निमा नजल्ने वरदान प्राप्त थियो। आफ्नो अहंकारी दाजुको आज्ञाअनुसार होलिका आफ्नो भदा प्रह्लादलाई लिएर अग्निमा बसिन्, तर श्री हरिको कृपाबाट प्रह्लादको प्राण बच्यो र होलिका जलेर भस्म भईन्।

प्रकाशित : बुधबार, चैत ०४, २०७७१४:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ६ अक्षरबाट सुरु हुने नामका युवतीको रिस नाकको टुप्पामा हुन्छ !