आज चैत्र ४ गते बुधबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको दैनिक राशिफल !

पञ्चाङ्ग
दिन : बुधवार
नक्षत्र : अश्विनी , ०६:१९ बजे उप्रान्त भरणी
तिथि : चतुर्थी , २१:४१ बजे उप्रान्त पञ्चमी
करण : वणिज ०८:३८ बजेदेखि भद्रा , २१:४१ बजे उप्रान्त कौलव
योग : ऐन्द्र , ०८:०२ बजे उप्रान्त वैधृति

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

दिन अनुकूल रहनेछ । तपाई तन-मनले स्वस्थ रहनुहुनेछ जसकारण कार्य गर्न उत्साह एवम् उर्जा अनुभव गर्नुहुनेछ। परिवारसँग आनन्द एवम् उल्लासमय समय बित्नेछ।  आमाबाट लाभ मिल्नेछ । मित्र एवम् आफन्तबाट घरको वातावरण प्रफुल्लित रहनेछ ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

हुनेवाला घटनाले चिन्तित  रहनुहुनेछ । स्वास्थ्य खराब हुँदा र आँखामा कष्ट हुनेछ । आफन्त एवम् परिवारसँग रुखोपनको सामना गर्नुपर्नेछ। शुरु गरिएको कार्य अपूर्ण रहनेछ । खर्च अपेक्षाभन्दा अधिक हुनेछ र  परिश्रम गर्दापनि  सफलता मिल्नेछैन ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

दिन लाभदायी रहेको छ । अविवाहित  को योग्य जीवनसाथी पाउनेछन् । धन प्राप्त हुने शुभ दिन रहेको छ । मित्रबाट अचानक भएको भेट आनन्ददायी रहनेछ । मित्रबाट लाभ हुनेछ । परिवारमा भाई एवम् पुत्रबाट लाभ मिल्नेछ । स्त्री मित्रबाट लाभ हुनेछ एवम् सन्तान पक्षबाट शुभ समाचार मिल्नेछ  ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

 दिन तपाईको लागि सानुकूल रहेको छ । हरेक काम सरलतामा सम्पन्न हुनेछ। पदोन्नतिको योग रहेको छ । उच्च अधिकारीको साथसाथै महत्त्वपूर्ण कुराको चर्चा-विचारणा हुनेछ । परिवारसँग मुक्त मनले कुराकानी गर्नुहुनेछ । घरको सजावटमा रुचि लिएर केहि नयाँ गर्नुहुनेछ। कार्य सन्दर्भमा बाहिर जानुहुनेछ । आमासँग सम्बन्ध राम्रो रहनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

दिन मध्यम फलदायी रहनेछ । पूर्वनिर्धारित काम तर्फ प्रयास रहनेछ । व्यवहार न्यायपूर्ण रहनेछ ।  धार्मिक एवम् मांगलिक कार्यमा  व्यस्त रहनुहुनेछ । धार्मिक बसाईको आयोजना हुन सक्ला । रिसको मात्रा अधिक रहनेछ। विदेशमा रहने आफन्तबाट समाचार मिल्नेछ । सन्तान एवम् व्यापारको समस्याको कारण मन अशान्त रहनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

नयाँ कार्य आरम्भ नगर्नुहोला । स्वास्थ्यको ध्यान राख्नुहोला र बाहिरको खानेकुरा नखानुहोला । तपाईको क्रोधको मात्रा अधिक रहनेछ ।परिवारसँग उग्र चर्चाको कारण मनमुटाव होला ध्यान राख्नुहोला । पानीबाट टाढा रहनुहोला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

दिन आनन्दमा बित्नेछ । दिन राम्रो र प्रियतमको संगतमा आनन्द मिल्नेछ । मित्र एवम् प्रियजनलाई आनन्द  महसुस गराउनु हुनेछ । नयाँ वस्त्रको खरिद गर्नुहुनेछ । तनमनको तन्दुरुस्ती रहनेछ । मान-सम्मान वृद्दि हुनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

घरमा सुख-शान्ति र आनन्द मिल्नेछ । शारीरिक र मानसिक स्वास्थ्य शुभ रहनेछ ।बिरामी व्यक्तिको स्वास्थ्यमा सुधार हुनेछ । प्रतिश्पर्धी एवम् शत्रुबाट विजय प्राप्त गर्नुहुनेछ ।स्त्री मित्रसँग भेट हुनेछ । माईतबाट समाचार आउनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

सन्तानको स्वास्थ्य एवम् अभ्यास सम्बन्धित चिन्ताले मन व्याकुल रहनेछ । कार्य सफलता नमिल्नाले निराश रहनुहुनेछ । साहित्य एवम् कलामा रुची रहनेछ । बौद्दिक चर्चाबाट टाढा रहनुहोला ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

मन-स्थिति र स्वास्थ्य केहि राम्रो रहनेछ । परिवारमा झगडामय वातावरणले मन खिन्न रहनेछ । शरीरमा स्फूर्ति एवम् प्रफुल्लताको अभाव रहनेछ ।निन्द्राको अभाव रहनेछ ।मानहानी हुनेछ । मानसिक आवेग र प्रतिकुलतामा वृद्दि हुनुको साथसाथै व्यग्रतापूर्ण दिन बित्नेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मानसिक रुपले हल्कापन महसुस गर्नुहुनेछ । मनमा  छाएको चिन्ताको बादल हट्नाले तपाईको उत्साह वृद्दि हुनेछ । समय आनन्दपुर्वक बित्नेछ । मित्र एवम् आफन्तसँग भेट हुनेछ ।प्रतिश्पर्धीले विजय प्राप्त रहनेछ । वैवाहिक आनन्दको अनुभूति रहनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

तपाईको खर्च हुनेछ । रिसलाई ध्यान राख्नुहोला । पैसाको लेनदेनमा सावधान रहनुहोला । शारीरिक तथा मानसिक स्वास्थ्य मध्यम रहनेछ । परिवारसँग मनमुटाव हुनेछ । नकारात्मक विचारलाई मनमा नराख्नुहोला ।

प्रकाशित : मङ्गलबार, चैत ०३, २०७७२०:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि चैत्र ५ गते बिहिबार, तपाईको दिन शुभ-अशुभ कस्तो रहला ? हेर्नुहोस् भोलिको राशिफल