एजेन्सी : पाकिस्तानको पञ्जाब प्रान्तको मण्डी बहाउद्दीन इलाकामा हेलिकप्टरबाट नोटको बिट्टा फालिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार विवाहको समारोहमा जन्तीहरुका लागि नोटको वर्षा गरिएको हो। आकाशबाट नोट वर्षाएको घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल भईरहेको छ। बेहुलाको दाई विदेशमा बस्छन् र उनले विवाहोत्सव मनाउनको लागि भनेर हेलिकप्टर भाँडामा लिएका थिए।
बेहुलाको दाईले हेलिकप्टरबाट दिल खोलेर जन्तीहरुमाथि नोट र फूल वर्षाए। गरिबीसँग जुझिरहेको पाकिस्तानमा यस्तो पहिलो पटक भएको हो। यसरी नै एक अर्को विवाहमा एक उद्योगपतिले आफ्नो छोराको विवाहमा जन्तीहरुमाथि डलर वर्षाएका थिए। त्यो भिडियो पनि सामाजिक सञ्जालमा खुब भाइरल भएको थियो।
यो भिडियोमा मानिसहरु गाडी माथि चढेर र दौडिदै नोट बटुल्न लागेका छन्। जब जन्ती म्यारिज हलमा पुग्छन् तब बेहुलाका पिता, साथी र आफन्तले पाहुनाहरुमाथि डलर र नोट वर्षाउन सुरु गर्छन्। सामाजिक सञ्जालमा हेलिकप्टरबाट नोट वर्षाएको यो घटनाको फाल्तु खर्च गरेको भन्दा कडा आलोचना भएको छ।
भिडियो हेर्नुहोस् : –