२०७७ सालको अन्तिम महिना चैत्र तपाईको लागि शुभ-अशुभ कस्तो रहला ? मासिक राशिफल

२०७७ साल चैत्र महिनाको राशिफल

मेष राशि – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :

हर्ष आनन्द एवं मनोरञ्जनका अवसर मिल्ने छन् ।  रोकिएका काम क्रमशः बन्दै जाने छन् । मनोबल उच्च रहनाले कार्यक्षमतामा समेत उल्लेख्य प्रगति हुनेछ । आफन्त एवं साथीभाइसँगको रमाइलो भेटघाटले मन रमाउने छ । धार्मिक एवं सामाजिक काममा समेत अभिरुचि बढ्ला ।

पठनपाठनमा राम्रो सफलता मिल्नेछ । रमाइलो पारिवारिक माहोल रहने छ । युवक-युवती मायाप्रीति एवं मनोरञ्जनमा रमाउने छन् । आम्दानीका नयाँ स्रोत फेला पर्ने देखिन्छ । शारीरिक आरोग्यता अनुकूल रहने देखिन्छ।

वृष राशि – TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :

पठनपाठनमा अभिरुचि बढेर जाला । शारीरि क आरोग्यताका साथै मानसिक प्रसन्नता समेत बढेर जानेछ । आँटेका काममा महत्वपूर्ण सफलता मिल्ने छ । धार्मिक कामहरूमा मन लाग्नेछ । गरेको कामबाट मानसम्मान समेत पाइने छ ।

महत्वपूर्ण भेटघाटका साथै रमाइलो ठाउँको भ्रमणको अवसर समेत मिल्ने छ । नोकरीमा जस एवं पदोन्नतिको सम्भावना छ । सामान्य वादविवादको योग रहे पनि जित तपाईंकै हुने छ । आर्थिक पक्षका कामबाट समेत राम्रै लाभ गराउने  ग्रह योग छ।

मिथुन राशि – GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह) :

सामान्य अस्वस्थताको सम्भावना रहेकाले खानपानमा विचार पु¥याउनुपर्ने छ । कार्य व्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही ज्यादा पर्न जाने छ । नयाँ लगानी तथा आर्थिक लेनदेनसम्बन्धी काम नगर्दा राम्रो हुने छ ।

आँटेका काममा अनावश्यक बाधा अड्चनका साथै ढिलासुस्ती समेत गराउने छ । पठनपाठनमा अनावश्यक बाधा अड्चन आइपर्ने देखिन्छ । अनावश्यक खर्चको मात्रा बढेर जाने छ । सन्तान एवं परिवारको चिन्ताले सताउनुका साथै दाम्पत्य सम्बन्धमा विश्वासको अभाव पर्न सक्ने देखिन्छ।

कर्कट राशि – CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :

आकस्मिक यात्राका साथै अनावश्यक दौडधूप एवं परिश्रम पर्न जाने देखिन्छ । शारीरिक परिश्रमका साथै मानसिक चिन्ता बढेर जान सक्ने छ । गरेको काममा सामान्य अपजश एवं दोष आइलाग्न सक्ने देखिएकाले विचार पु¥याएर काम गर्नुहोला ।

महिनाको प्रारम्भमा काममा बाधा अड्चन आइपर्नुका साथै अनावश्यक विवादमा समेत पार्न सक्ने देखिए तापनि उत्तरार्धमा सफलता मिल्ने छ । घरायसी खर्चको मात्रा बढेर जाने छ । पठनपाठनमा समेत अनावश्यक बाधाअड्चन आइपर्ने योग छ।

सिंह राशि – LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :

कार्यव्यस्तता बढेर जाने छ । आकस्मिक यात्रा एवं स्थान परिवर्तनको सम्भावना छ । सामान्य चोटपटकको सम्भावना रहेकाले वाहन चलाउँदा सावधानी अपनाउनुपर्ने देखिन्छ । पठनपाठनमा अनावश्यक बाधाअड्चन आइपर्ने योग छ ।

अनावश्यक विवादमा पार्न सक्ने देखिएकाले बोलीचालीमा समेत होस् पु¥याउनुपर्ला । महिनाको प्रारम्भमा आँटेको काममा सफलता मिल्ने देखिए तापनि उत्तरार्धमा अनावश्यक कलह एवं अपजश आइपर्ने देखिन्छ।

कन्या राशि – VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :

शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहने छ । आँटेका काममा सामान्य बाधाअड्चन आइपरे तापनि अन्ततोगत्वा सफलता मिल्ने छ । पारिवारिक सुसन्तोष राम्रै रहने छ ।

महिनाको पूर्वार्धमा रमाइलो भेटघाट, मनोरञ्जन एवं धनागमका अवसर मिल्ने छन् भने उत्तरार्धमा अनावश्यक खर्च बढेर जाला । धार्मिक कार्यका साथै अध्ययन अध्यापनमा समेत अभिरुचि बढेर जाने छ । आफन्त एवं पारिवारिक भेटघाटले मन रमाउने छ।

तुला राशि – LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :

गर्न आँटेका काममा अनावश्यक बाधाअड्चन आउनुका साथै ढिलासुस्ती समेत गराउने योग छ । सन्तान एवं परिवारको चिन्ताले मन अस्थिर गराउला । ठूलो लगानी एवं लेनदेनसम्बन्धी आर्थिक कारोबार गर्दा जोगिएर गर्नुपर्ने छ । कार्यगत व्यस्तताले गर्दा शारीरिक परिश्रम केही ज्यादा पर्न जाने देखिन्छ ।

महिनाको उत्तरार्धमा आफन्त एवं इष्टमित्रसँगको भेटघाटले मन रमाउने छ । धार्मिक एवं सामाजिक काममा अभिरुचि बढेर जाला । पठनपाठनमा अनावश्यक बाधाअड्चनको सामना गर्नुपर्ने छ । आकस्मिक यात्रा एवं भ्रमणको योग छ।

वृश्चिक राशि – SCORPIO (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :

सामान्य अस्वस्थताको सम्भावना रहेकाले खानपानमा ख्याल पु¥याउनुपर्ला । कार्य व्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही बढी नै पर्न जाने देखिन्छ । आम्दानीका नयाँ स्रोत प्राप्त हुनाले आर्थिक पक्ष राम्रै हुने छ ।

महिनाको सुरुमा खर्च वृद्धिको सम्भावना देखिए तापनि उत्तरार्धमा धनागम, विविध वस्तुको लाभ एवं मनोरञ्जनका अवसर मिल्ने छन् । पठनपाठनमा सफलताका लागि केही बढी नै परिश्रम गर्न‘पर्ने छ । काममा आएका बाधाअड्चन उत्तरार्धमा क्रमशः हटेर जाने छन्।

धनु राशि – SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :

शारीरिक एवं मानसिक आरोग्यता अनुकूल रहने छ । उच्च मनोबलका साथ कार्यक्षमतामा समेत उल्लेख्य प्रगति भएर जाला । वादविवादमा जित एवं प्रतिस्पर्धामा सफलताको योग छ । सामान्य पारिवारिक चिन्ता बढेर जानुका साथै दाम्पत्य सम्बन्धमा असमझदारी बढ्न सक्ने छ । आर्थिक कारोबारमा राम्रै लाभको सम्भावना छ ।

पठनपाठनमा गहिरो अभिरुचि जाग्ने छ । धार्मिक एवं सामाजिक काममा समेत अभिरुचि बढेर जाला । रमाइलो ठाउँको भ्रमण, साथीहरूसँगको भेटघाट जस्ता मनोरञ्जनका अवसर मिल्ने छन्।

मकर राशि – CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :

दैनिक स्वास्थ्यमा उतारचढावको स्थिति आइपर्ने देखिन्छ । ठूलो लगानी एवं लेनदेनसम्बन्धी कारोबारबाट जोगिनुपर्ने छ । बोलीको दोष लाग्ने देखिएकाले विचार पु¥याएर बोल्नुहोला । सन्तान एवं घरायसी चिन्ताले केही ज्यादा नै पिरोल्ने देखिन्छ ।

खराब व्यक्तिको सङ्गतले पछुताउनुपर्ने देखिएकाले साथीसङ्गतमा विचार पु¥याउनुपर्ने छ । रिस गर्ने तथा काम बिगार्न खोज्नेहरू देखिने छन् । महिनाको पूर्वार्धमा सफलता एवं मनोरञ्जनका अवसर मिल्ने छन् भने उत्तरार्धमा गर्न आँटेको काममा अनावश्यक बाधाअड्चन एवं ढिलासुस्ती समेत गराउने देखिन्छ।

कुम्भ राशि – AQUARIUS (गु, गे, गो, सा, सि, सु, से, सो, द) :

कार्यव्यस्तता बढेर जानाले बेफुर्सदी गराउने छ । गर्न आँटेका काममा अनायासै नसोचेका झमेला एवं समस्या आइपर्नेछन् ।आकस्मिक यात्रा एवं स्थान परिवर्तनको सम्भावना छ । अनावश्यक खर्चको मात्रा बढेर जाला ।

महिनाको सुरुमा केही बाधाअड्चन आइपर्ने देखिए तापनि उत्तरार्धमा सफलता एवं धनागमको योग छ । अध्ययन अध्यापनमा अनावश्यक बाधाअड्चन आइपर्ने छन् । महिनाको अन्त्यमा साथीहरूसँगको भेटघाट एवं मनोरञ्जनका अवसर मिल्ने छन्।

मीन राशि – PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :

कार्यव्यस्तता बढेर जानाले शारीरि क ताप केही बढी नै पर्न जाने देखिन्छ । खर्चको मात्रा बढेर जाने देखिए तापनि आम्दानीका स्रोतहरू फेला पर्ने छन् । शरीरमा सामान्य अस्वस्थताको सम्भावना रहेकाले खानपानमा विचार पु¥याउनुपर्ला ।

धार्मिक एवं सामाजिक कार्यमा अभिरुचि बढेर जाने छ भने पठनपाठनमा लागेको अभिरुचि यथावत् रहने छ । काममा आइपरेका अवरोध महिनाको उत्तरार्धमा क्रमशः हटेर जाने छन् । पारिवारिक सुखसन्तोष अनुकूल रहने छ । महिनाको उत्तरार्धमा रमाइलो ठाउँको भ्रमण एवं मनोरञ्जनका अवसर मिल्ने छन।

प्रकाशित : सोमबार, चैत ०२, २०७७१३:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ३ राशि भएका पुरुष पाउन मरिहत्ते गर्छन् युवतीहरु !