काठमाडौँ : पर्सि चैत १ आइतबारको दिन बेलुका ६ बजेर ५ मिनेटमा सूर्य मीन राशिमा गोचर गर्दैछ। मीन जलको राशि हो। जबकि सूर्य अग्नि तत्व प्रधान हुन्छ। यस अग्नि र जल तत्वको मिलनले कैयन राशिहरुमाथि प्रभाव पार्नेछ। गोचरको प्रभावले कुन-कुन राशिकाले राम्रो परिणाम पाउँछन् र कुन-कुन राशिहरु यसैबीच सावधान रहनुपर्छ त ? हेर्नुहोस्…
मेष राशि – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :
यस गोचरको प्रभावले तपाईको जीवनमा थुप्रै महत्वपूर्ण बदलाव आउनेछ। केही जातकले यसबीच आफ्नो आत्मविश्वासमा कमी आएको महसुस गर्नेछन्। र यसको असर तपाईको कार्यक्षमतामा पनि पर्नेछ। केही जातकले विदेशबाट कामको कुनै राम्रो प्रस्ताव पाउनेछन्। तपाई आफ्नो दुश्मन माथि हाबी हुनुहुनेछ। यदि तपाई कुनै कानुनी मामिलामा फस्नुभएको छ भने यस गोचर कालमा त्यसलाई अघि नबढाउनुहोला। व्यापार-व्यवसायमा जोडिएकाले नोक्सानी व्योहोर्नुपर्नेछ। यदि तपाई लगानी गर्नेबारे सोच्दै हुनुहुन्छ भने अहिले नगर्नुहोला। सम्बन्धमा उतारचढाव आउन सक्छ। अनावश्यक खर्चमा लगाम लगाउन आवश्यक छ।
वृष राशि – TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :
यो गोचरले तपाईको लागि धेरै शुभ परिणामहरु लिएर आएको छ। व्यापार-व्यवसायमा आबद्द मानिसले यसबीच धेरै लाभ हासिल गर्नेछन्। समाजमा तपाईको मान-सम्मान बढ्नेछ। नयाँ सम्बन्ध स्थापित गर्न सफल हुनुहुनेछ। यसले तपाईलाई भविष्यमा लाभ दिनेछ। रोकिएका योजनाहरु फेरि सुरु हुनेछ, जसले तपाईलाई लाभ दिनेछ। अफिसमा उच्च ओहोदाको अधिकारीसँग तपाईको सम्बन्ध राम्रो बन्नेछ। तपाईलाई उच्च पदाधिकारीले सक्दो सहयोग गर्नेछन्। कार्यक्षेत्रमा तपाईले खुब तारिफ पाउनुहुनेछ। कुनै नयाँ सम्बन्ध सुरुवात हुन् सक्छ। अचल सम्पत्ति खरिद गर्दा मुनाफा हुन्छ। यस गोचरले तपाईलाई लाभ नै लाभ दिलाउँछ।
मिथुन राशि – GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह) :
यस गोचरले व्यापारीलाई निकै लाभ हुन्छ। तपाईले जुन काम आफ्नो हातमा लिनुहुनेछ त्यो काम समयमै पूरा गर्नुहुनेछ। कार्यक्षेत्रमा तपाईको सम्मन बढनेछ र तपाईले आफ्नो वरिष्ठ अधिकारीबाट पूरा सहयोग पाउनुहुनेछ। वकिल, सेल्सम्यान, सरकारी अधिकृत या कुनै कला क्षेत्रमा जोडिएका मानिसहरुका लागि यो गोचर लाभदायक रहनेछ। यसबीच तपाईले हरेक काममा भाई-बहिनीबाट पूरा समर्थन पाउनुहुनेछ। जेष्ठ नागरिकसँग तपाईको सम्बन्ध थप मजबूत हुनेछ। प्रेमिल जोडीहरुका लागि पनि यो समय अत्यन्तै अनुकूल रहेको छ। जीवनसाथीसँगकोसम्बन्धमा थप माधुर्यता आउनेछ। समाजप्रति तपाईको योगदान अझ बढ्नेछ। तपाईको मान-सम्मानमा वृद्दि हुनेछ।
कर्कट राशि – CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :
यस गोचरको प्रभावले तपाईलाई धन लाभको प्रबल योग बनाईरहेको छ। तपाईले थुप्रै नयाँ अवसरहरु पाउनसक्नुहुन्छ। जसले गर्दा तपाईक आय, सञ्चित धन र मान-सम्मानमा थप वृद्धि हुनेछ। व्यवसायिक रुपमा यस बीच केही प्रतिस्पर्धाहरु सामना गर्नुपर्नेछ। आफ्नो प्रयास र मेहनतको बलले तपाईका हरेक कामहरु सफल हुनेछन्। आर्थिक स्थिरता बढ्नेछ। कुनै प्रतिष्ठित व्यक्तिसँग तपाईको भेट हुन् सक्छ। परिवारका सदस्यबाट पूरा समर्थन मिल्नेछ। तपाईको दिमागमा कुनै आध्यात्मिक यात्रामा जाने योजना बन्न सक्छ। यसबीच दान-पुण्यमा तपाईको झुकाव बढ्नेछ।
सिंह राशि – LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :
सिंह राशिक स्वामी सूर्य हो र यो गोचरले सिंह राशिका जातकका लागि सबैभन्दा बढी प्रभाव पार्नेछ। व्यवसायिक रुपमा तपाईको कामको गति सुस्त हुनेछ। तपाईको इच्छाअनुसार परिणाम नमिल्दा मनमा असन्तुष्टि बढ्नेछ। आत्मविश्वासमा कमी हुनेछ र तपाई भविष्यको बारेमा सोचेर चिन्तित बन्नुहुनेछ। कार्यस्थलमा कसैसँग झगडा हुन् सक्छ। आफ्नो रिसलाई काबू गर्नुहोला। यात्रा या लगानी गर्नको लागि पनि यो समय शुभ छैन। पैसा कमाउनको लागि कुनै पनि चोरबाटो अपनाउनु तपाईको लागि घातक हुन् सक्छ। जीवनसाथीको पूरा साथ र सहयोग मिल्नेछ। गोचारकालमा आफ्नो क्षमतामा विश्वास गर्नुहोला, कुशलतापूर्वक काम गर्नुहोला र संयमता राख्नुहोला। छिट्टै तपाईको समय फिर्नेछ।
कन्या राशि – VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :
यस गोचरकालमा तपाईले धेरै मेहनत गर्नुपर्नेछ। अनि मात्र तपाईले राम्रो परिणाम पाउनुहुनेछ। केही जातकको कार्यक्षेत्रमा वरिष्ठ अधिकारीसँग बहस हुन् सक्छ, जसको असर तपाईको कार्यक्षमतामा पर्नेछ। साझेदारीमा व्यापार गरिरहेका जातक सावधान रहन आवश्यक छ। कुनै पनि नयाँ व्यवसाय या काम सुरु गर्नको लागि यो समय सही छैन। लगानी गर्ने बारे सोच्दै हुनुहुन्छ भने सम्बन्धित क्षेत्रको जानकारसँग सल्लाह लिनुहोला। बहुराष्ट्रिय कम्पनीमा काम गरिरहेका जातकले लाभ पाउनेछन्। खर्चमा बढोत्तरी हुन् सक्छ। जीवनसाथीसँगको सम्बन्धमा तनाव आउन सक्छ। स्वास्थ्यमा ध्यान दिनुहोला।
तुला राशि – LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :
यो गोचरले तपाईलाई शुभ परिणाम दिनेछ। लामो समयदेखि पीडित बनाईराखेको रोगबाट तपाईले छुटकारा पाउनुहुनेछ। यसबीच तपाई आफ्नो दुश्मन माथि हाबी हुनुहुनेछ। तपाईको प्रयासको उचित तारिफ मिल्नेछ। उच्च अधिकारीसँग तपाईको सम्बन्ध सुध्रिनेछ। व्यापार-व्यवसायमा आबद्द जातकले बैंकबाट मद्दत पाउनेछन्। जसले गर्दा तपाईको कारोबार विस्तार गर्न सहयोग पुग्नेछ। कसैलाई उधारो दिएको रकम फिर्ता पाउनुहुनेछ। पहिल्यै गरेको लगानीबाट राम्रो लाभ मिल्ने सम्भावना छ। छात्र-छात्राले यस गोचरको क्रममा राम्रो परिणाम पाउन सक्छन्। नयाँ सम्बन्ध सुरु हुन् सक्छ।
वृश्चिक राशि – SCORPIO (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :
कामकाजको हिसाबले यो गोचर तपाईको लागि राम्रो रहनेछ। तपाई आफ्नो विचारलाई खुलेर व्यक्त गर्न सक्षम हुनुहुनेछ। तपाईको कार्यक्षमतामा सुधार हुनेछ। समस्या र दबाबलाई अत्यन्तै कुशलता पूर्वक सम्हाल्न सफल बन्नुहुनेछ। सहयोगी र वरिष्ठ अधिकारीहरुबीच आफ्नो पहिचान बनाउन सफल हुनुहुनेछ। सरकारी जागिरेको अचानक सरुवा हुन् सक्छ। व्यापारीहरु यस बीच निराश हुनुपर्नेछ। व्यापारमा नोक्सानी व्होर्नुपर्नेछ। रचनात्मक क्षेत्रसँग जोडिएका मानिसहरुका लागि समय राम्रो रहनेछ। पिताको स्वास्थ्यमा ध्यान दिन आवश्यक छ।
धनु राशि – SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :
यस गोचर कालमा तपाईकी आमाको स्वास्थ्य बिग्रिन सक्छ। जसले गर्दा तपाईलाई मानसिक रुपमा चिन्तित बनाउनेछ। घरको माहोल अनि यसबीच खराब हुन् सक्छ। परिवारका सदस्यसँग तपाईको मनमुटाव हुन् सक्छ। यदि घरमा सुखशान्ति चाहनुहुन्छ भने आफ्नो व्यवहार सुधार्ने कोसिस गर्नुहोला। प्रेम सम्बन्धी मामिलाहरुबाट टाढै रहनुहोला। भावनालाई काबूमा राख्नुहोला। विवाहित जातकाको लागि पनि यो समय राम्रो छैन। जीवनसाथीसँग सानो-सानो कुरामा झगडा हुन्छ। छात्र-छात्राले यसबीच आफ्नो पढाईमा विशेष ध्यान दिनुहोला। कामको बोझ बढ्नेछ। कतै पनि लगानी नगर्नुहोला।
मकर राशि – CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :
मकर राशिको लागि यो समय गोचर शुभ रहनेछ। केही जातकको पदोन्नति त केहीको तलब वृद्धि हुन् सक्छ। यो तपाईको लागि प्रगति र समृद्धिले भरिपूर्ण समय रहनेछ। यसबीच गरिएका सम्पूर्ण प्रयासहरुबाट सकारात्मक परिणाम मिल्नेछ। व्यापारमा जोडिएका मानिसहरुले लाभ पाउनेछन्। सूर्यको स्थितिबाट तपाईले तागत र उर्जा पाउनुहुनेछ। तपाई आफ्नो विरोधीमाथि हाबी हुनुहुनेछ। यसबीच गरिएको यात्राले तपाईलाई लाभ मिल्नेछ। जीवनसाथीसँग राम्रो समय बित्नेछ। जसले गर्दा तपाईहरुको सम्बन्ध थप मजबूत हुनेछ। स्वास्थ्यको विषयमा खेलाँची नगर्नुहोला।
कुम्भ राशि – AQUARIUS (गु, गे, गो, सा, सि, सु, से, सो, द) :
तपाईको लागि यो गोचरले मध्यम परिणाम दिलाउनेछ। तपाईले आफ्नो स्वभावमा ध्यान दिन आवश्यक छ। अन्यथा घरको सदस्य या साथीसँग झगडा हुन् सक्छ। कार्यक्षेत्रमा केही बदलाव या स्थानान्तरणको सामना गर्न पर्नेछ। बिजनेस पार्टनरसँग केही मतभेद हुन् सक्छ। कुनै पनि प्रकारका लगानीको लागि यो समय उचित छैन। अचल सम्पत्ति या पैतृक सम्पत्तिसँग सम्बन्धित मामिलामा अचानक धन लाभ हुन् सक्छ। यस राशिका सिङ्गल जातकको जीवनमा कुनै नयाँ व्यक्तिको आगमन हुन् सक्छ। विवाहित जातकले आफ्नो जीवनसाथीको स्वास्थ्यमा ध्यान दिनुपर्नेछ। स्वास्थ्यको हिसाबले यो गोचर शुभ रहने छैन। आँखा र दाँतमा समस्या आउन सक्छ।
मीन राशि – PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :
सूर्यको यो गोचर तपाईकै राशिमा हुँदै छ। यसको प्रभाव यस राशिको जातकको स्वास्थ्यमा पर्नेछ। तपाईलाई टाउको दुख्ने, आँखाको ज्योतिमा समस्या देखिने, रुखाखोकी लाग्ने जस्तो समस्या देख्न सक्छ। आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। कुनै पनि समस्या टाल्नुको सट्टा डाक्टरलाई सम्पर्क गर्नुहोला। कार्यक्षेत्रमा थकान र सुस्ती महसुस गर्नुहुनेछ। ध्यान केन्द्रित गर्न मुश्किल हुनेछ। यसबीच तपाईको शत्रुले तपाईको छवि खराब पार्ने प्रयास गर्नेछन्। यसकारण तपाई सावधान र सतर्क रहन आवश्यक छ। व्यापार-व्यवसायमा जोडिएका जातकले यस गोचरको कारण अनुकूल परिणाम पाउँदैनन्। कुनै पनि निर्णय हतारमा नलिनुहोला, अन्यथा पछि पछुतो मान्नुपर्ला।