माओवादी धारका नेता मूलघरमा नफर्किने, भन्छन् – ‘अब हामी एमालेमै रहन्छौं, पद ठूलो कुरा भएन।’

‘हामीले सबै सम्भावनाबारे छलफल गरेका छौं। सबै सम्भावनाबारे अध्ययन पनि गरिरहेका छौं। सर्वाेच्चको फैसलाले एमाले र माओवादी पूर्ववत् अवस्था भनेको छ। निर्वाचन आयोगमा पनि एमाले र माओवादी केन्द्र अरूले नै दर्ता गरेको अवस्था छ’, नेता नेपालले भने, ‘यसमा के हुन्छ ? सम्पूर्ण रूपमा पछाडि फर्किन कति सहज हुन्छ ? आयोगले कुन रूपमा पत्र पठाउँछ ? सबै पक्षको अध्ययन गरेर हामी अगाडि बढ्न खोजेका छौं।’

नेपाल पक्ष एमालेमै फर्किए पनि ओलीतिर लागेका माओवादी धारका नेताले मूलघरमा नफर्किने संकेत गरेका छन्। प्रधानमन्त्री ओलीले अदालतको आदेशलगत्तै आइतबार आफ्नो पक्षमा लागेका माओवादी धारका नेतालाई बालुवाटारमा बोलाएर छलफल गरेका थिए। त्यस क्रममा ओलीले सोधेका थिए, ‘तपार्इंहरूलाई सहजता के गर्दा हुन्छ ?’ यो खबर अन्नपूर्ण पोस्टमा प्रकाशित छ।

गृहमन्त्री रामबहादुर थापा, सहरी विकासमन्त्री प्रभु शाह, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, खेलकुदमन्त्री दावा तामाङलगायत नेतासँग ओलीले छलफल गरेका हुन्। तर, यी मन्त्रीले राजनीतिक रूपमा ओलीतिर लागेकाले पद गए पनि माओवादी केन्द्रमा नफर्किने बताएको स्रोतले जनाएको छ।

खानेपानीमन्त्री थापाले आफूहरू ओलीको विचारसँग सहमत भएर आएकाले अदालतले पूर्वपार्टी ब्युँताउने निर्णय गरे पनि ओलीसँगै एमालेमै रहने बताए। ‘हामी ओलीसँगै अब एमालेमै रहन्छौं,’ थापाले भने, ‘हाम्रा लागि पद ठूलो कुरा भएन। ओलीसँगै रहेर जाने हाम्रो सोच छ।’

प्रकाशित : मङ्गलबार, फागुन २५, २०७७०९:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सोचेभन्दा सस्तोमै घर बनाउन सकिने ! चार कोठाको घर बनाउन कति लाग्छ ? [मूल्य सहित]