एजेन्सी : फिल्म ‘घोस्ट राइडर’ का अभिनेता निकोलस केज पछिल्लो केही समयदेखि चर्चाको केन्द्रमा छन्। उनी लाइमलाइटमा आउनुको कारण उनको विवाह हो। केही समय अघि ५७ वर्षीय निकोलस केजले आफ्नो २६ वर्षीय गर्ल फ्रेन्ड रिकोसँग विवाह गरेका छन्।
यो विवाहको फोटो सामाजिक सञ्जालमा निकै भाइरल भईरहेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार निकोलस केज र उनकी गर्लफ्रेन्ड रिको शिबाटा जापानी र अमेरिकन दुवै रितिरिवाजबाट वैवाहिक बन्धनमा बाँधिएका हुन्।
उनीहरुका वैवाहिक समारोहमा केही खास मानिसहरु मात्र सामेल थिए। तस्बिरमा रिको शिबाटा जापानको परम्परागत आउटफिट किमोनोमा देखा परेकी थिईन्। रिको शिबाटा जापानको बासिन्दा हुन्। यहीँ कारण विवाहमा रिको शिबाटा जापानी दुलहीको भेषमा देखिएकी थिईन्। निकोलसले भने टक्सिडो लगाएका थिए।
विवाहमा अभिनेतामा पूर्व पत्नीहरु पनि उपस्थित
५७ वर्षीय निकोलस केजको यो पाँचौं विवाह हो। यो भन्दा अघि निकोलसको केजको चार विवाह असफल रह्यो।
निकोलस केजको विवाहमा उनका चारैजना पूर्व पत्नीहरु पुगेका थिए। निकोलस केजको विवाह लस भेगासको व्यान होटलमा आयोजित गरिएको थियो।
निकोलस केज र उनकी गर्लफ्रेन्ड रिका शिबाटाले सन् २०२१ फेब्रुअरी १६ मा विवाह गरेका थिए तर तस्बिर भने अहिले भाइरल भईरहेका छन्।
निकोलसले आफ्नो दिवंगत पिताको जन्मदिनमा विवाह गरेका हुन्। वास्तवमा निकोलस विवाहको दिन खास बनाउन चाहन्थे। यहीँ कारण उनले १६ फेब्रुअरीको दिन विवाह गर्ने निधो गरेका थिए।