काठमाडौँ : फाल्गुन महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिमा महाशिवरात्रि पर्व मनाइन्छ। शिवरात्रिमा रातिको समयको चतुर्दशी तिथिलाई अत्यधिक महत्वपूर्ण मानिन्छ। यस दिन विधि-विधानले शिवजीको पूजा गर्दा सारा मनोकामनाहरु पूरा हुन्छन्। ज्योतिषविद्का अनुसार महादेवको पूजा-अर्चना अत्यन्तै सजिलो छ। शिवजीको पूजा -अर्चना गर्दा जीवनमा सुख-शान्ति मिल्ने र भाग्य चम्किने विश्वास गरिन्छ। यस पटक महाशिवरात्रिको दिन श्रवण नक्षत्रको साक्षी सर्वार्थ सिद्धि योग, अमृत योग एवं त्रयोदशी प्रदोषको योग बनेको छ। शिवभक्तहरुका लागि यो अत्यन्तै फलदायी हुने मान्यता छ। यो संयोग अत्यन्तै दूर्लभ संयोग हो।
महाशिवरात्रिमा रातको महत्व
हिन्दु धर्ममा रात्रिकालीन विवाह मुहूर्तलाई उत्तम मानिन्छ। यसैकारण भगवान शिवक विवाह पनि देवी पार्वतीसँग रातको समयमै भएको थियो। यसकारण जुन फाल्गुन महिनाको चतुर्दशी तिथिको मध्यरात हुन्छ, त्यहीँ दिन महाशिवरात्रि मनाइन्छ।
महाशिवरात्रिको दिन दुर्लभ संयोग
यस पटक महाशिवरात्रिको दिन श्रवण नक्षत्रको साक्षी सर्वार्थ सिद्धि योग, अमृत योग एवं त्रयोदशी प्रदोषको योग बनेको छ। फाल्गुन २७ गतेको बिहान ९ बजेर ३५ मिनेटदेखि शिव योग बन्नेछ। त्यसपछि सिद्ध योग लाग्नेछ। जुन फाल्गुन २८ गते बिहान ८ बजेर ४० मिनेटसम्म रहनेछ। शिव योगमा गरिएका सम्पूर्ण कार्य शुभफलदायक हुन्छ। यसको साथै राति १० बजेसम्म धनिष्ठा नक्षत्र रहनेछ। सिद्ध योगलाई मन्त्र साधना, जप, ध्यानको लागि शुभ फलदायी मानिन्छ। यस योगमा कुनै नयाँ चीज सिक्न या काम सुरु गर्नको लागि राम्रो मानिन्छ। सिद्ध योगमा मध्यरातमा शिवजीको मन्त्र जप गर्नु उत्तम फलदायी हुन्छ।
महाशिवरात्रिको दिन भगवान शिवको विशेष पूजा यसरी गर्नुहोस :
१. महाशिवरात्रिको दिन नजिकैको शिव मन्दिरमा गएर शिवलिंगमा दिप बाल्नुहोस् र ऊँ सांब सदा शिवाय नमः मन्त्रको जप १०८ पटक गर्नुहोस्। यसका लागि रुद्राक्षको माला प्रयोग गर्न सक्नुहुनेछ।
२. शुद्ध जलमा दुध मिलाएर गंगाजलमा चढाउनुहोस्। यसरी जल चढाउने समयमा ओम नमः शिवाय मन्त्र जप गर्नुहोस्।
३. यसपछि भगवान शिवलाई चन्दन चढाउनुहोस र शिवलिङ्गमा बेलपत्र र धतुरो चढाउनुहोस्।
४.शिवजीलाई सम्पूर्ण पूजा सामग्री चढाएपछि १०८ पटक ओम नमः शिवाय मन्त्र जप गर्नुहोस।
५. अन्तिममा भगवान शिवलाई मिठाई चढाई आफू पनि खाने र अन्य भक्तजनलाई समेत बढ्ने गर्नुपर्छ।यसरी विधिवत रुपमा भगवान शिवको साथमा शिवलिङ्गको समेत पूजा आराधना गर्दा जिवनमा सुख , शान्ति मिल्नुको साथै भगवानको आशिष लाग्ने मान्यता रहेको छ।
शिवरात्रिमा शिव भक्त भगवान शिवलाई प्रसन्न गर्नको लागी यस दिन व्रत राख्ने गर्दछन् । पुरै भक्तिभावले शिवजीको पूजा-आराधना गर्ने गर्दछन् । तर भूलवश शिवजीलाई प्रसन्न गर्नको लागी केही गल्तीहरु हुन सक्छन जसले गर्दा पूजा अधुरो हुनेगर्दछ । शास्त्रमा केही यस्तो चिजको बारेमा बताईएको छ कि जसलाई भगवान शिवको पूजामा प्रयोग गर्नुहुदैन ।
१. भगवान शिवलाई सेतो फूल निकै मनपर्ने गर्दछ तर केतुकेको फूल सेतो भएपनि भोलेनाथको पूजामा चढाउनु हुदैन । शिव पुराणको अनुसार केतुकेको फूलले झुटो बोलेको थियो त्यसैले शिवजीले यो फूललाई पूजा गर्न निषेध गरेका थिए।
२. हिन्दू धर्ममा शंखबाट देवी-देवताहरुलाई जल दिने परम्परा रहेको छ तर भगवान शिवको पूजा गर्ने समयमा शंखबाट जल अर्पित गर्न हुदैन । शिव पुराणको अनुसार भगवान शिवले शंखचूर नामक असुरको वध गरेका थिए त्यसैले शिवजीको पूजामा शंखलाई वर्जित मानिएको छ ।
३. भगवान शिवको पूजामा तुलसीको प्रयोग निषेधित मानिएको छ । भगवान शिवले देवी वृन्दाको पति जलन्धरको हत्या गरेका थिए । देवी वृन्दानै तुलसीको रूपमा अवतरित भएकी थिइन् जसलाई भगवान विष्णुले देवी लक्ष्मी समानको स्थान दिएका छन् । त्यसैले शिवजीको पूजामा तुलसीलाई निषेध मानिएको छ ।
४. शिवको पूजामा तिल चढाउनु हुदैन । तिल भगवान विष्णुको घोटालाबाट उत्पन्न भएको मानिन्छ त्यसैले भगवान विष्णुलाई तिल अर्पित गरिन्छ तर शिवजीलाई भने हुदैन ।
५. भगवान शिवको पूजामा बिर्सिएर पनि टुक्रिएको चामल चढाउनु हुदैन । अक्षताको मतलब अटूट चामल हुने गर्दछ । यो पूर्णताको प्रतीक हो । त्यसैले शिवजीलाई अक्षता चढाउने समयमा चामल टुक्रिएको छ कि छैन हेर्न जरुरी रहेको छ ।