एजेन्सी, बलिउड नागरिका टाईगर ‘सलमान खान’ एउटा यस्तो नाम हो जुन बलिउड फिल्मी जगतमा मात्र नभएर विश्व जगतको ‘सेलिब्रेटी सोसाइटी’मा समेत स्थापित रहेको छ। आझ भनौ उनिको क्रेजी विश्वभर छ । उनको स्टारडमको बलिउडमा मात्रै होइन हलिउडमा समेत उत्तिकै चर्चा हुने गर्दछ । त्यसो त उनका प्रशंसक र फ्यानहरु बिश्वभर बढ्दो छ । उनलाई पछ्याउने कलाकार र फ्यानहरु थुप्रै छन् जसका कारण पनि सलमान चर्चाको चुचुरोमा पुग्न सफल भएका हुन् ।
स्मरणीय कुरा के हो भने यी सुपरस्टार सलमान खानको क्रेज त्यसै बढेका होइनन । उनको ब्रान्डीङ्का पछाडि उनले गरेका विभिन्न क्रियाकलाप र उनको जीवन संघर्षले ठूलो भूमिका निभाएको छ । बाहिरबाट नियाल्दा उनको जुन व्यक्तित्व छ, उनको भित्रि रहस्य पनि त्यतिकै गर्बलायक छ । रिललाइफमा मात्रै होइन रियल लाइफमा पनि उनको संघर्ष र योगदान उतिक्कै प्रशंसनीय छ । तर कतिपय उनका भित्रि पाटोहरु भने अझै सार्वजनिक भएका छैन । जति सार्वजनिक भएका छन् त्यो पनि धेरैलाई थाहा छैन । हामीले उनको जीवनका केही भित्रि पाटो खोतल्ने प्रयास गरेका छौ । पढ्नुस् सुपरस्टार सलमानका बारेमा गोप्य रहस्य बनेका यी तथ्यहरु ।
सलमानको जीवन एउटा सुन्दर एवम् खुला पुस्तक जस्तै हो । त्यही पनि यस्ता केही पानाहरु छन् जुन धेरै थोरै पटक पल्टाइएका होलान् हुन त उनलाई चलचित्र जगतमा आउन त्यति गर्रो भने थिएन किन कि उनका पिता सलिम खान बलिउडका धेरै नै स्थापित फिल्म लेखक हुन् उनले लेखेका सोले,जन्जिर,दिवार जस्ता थुप्रै बम्पर हिट चलचित्रहरु उन्लेनै लेखेका हुन् ।
१. सलमान खानको पुरा नाम अब्दुल रशिद सलिम सलमान खान हो । उनि स्विमिंङ् अर्थात् पौडिका सौखिनमा धेरै सैखिन छन् र स्कुलले जीवनमा ‘स्विमिंङ् च्याम्पियन’ समेत बनेका थिए उनी । त्यस्तै सलमानलाई साइक्लिङको पनि उस्तै शौख छ । मुम्बईको सडकमा साइकल चलाउने सलमानले यो बानीले स्वास्थ्य राम्रो रहने बताउछन् ।
२. सलमानले पेन्टिङमा पनि राम्रो दक्खल राख्छन् । उनले आफु अभिनित र उनका भाइले शोहिल खानले निर्माण र निर्देशन गरेको फिल्म ‘जय हो’ को पोस्टर आफैले बनाएका थिए । उनले एक्टिंग क्लास डेजी इरानीको इन्स्टिच्युटबाट लिएका थिए । यी बलिउडका स्टार सलमानको निर्देशक बन्ने रहर थियो । उनले नायक बन्ने त सोचेका पनि थिएनन् तर निर्माताहरुको आग्रह र सल्लाह अनुरुप उनि अभिनयतिर होमिएका हन् । चलचित्रको कथा लेखनमा पनि सलमान राम्रै ज्ञान राख्दछन् । ‘चन्द्रमुखी’ तथा ‘वीर’ फिल्म सलमानले नै लेखेका हुन्, तर यी फिल्म ब्यवासाहिक हिसाबले सफल भने हुन सकेनन् ।
३. सन् २००४ मा प्रकाशित अमेरिकाको पिपुल म्यागेजिनमा सलमान ‘बेस्ट लुकिंग म्यान इन दी वर्ल्ड’ को सुचीमा सातौ र भारतबाट पहिलो स्थानमा परेका थिए ।सलमानले क्याटरिना क्याफ, हिमेश रेशामिया, साजिद-वाजिद, संजय लीला भंसाली, जरिम खान, सोनाक्षी सिन्हा जस्ता अहिलेका स्थापित स्टारलाई बलिउड सिने नगरीमा भित्र्याएका हुन् ।
४. सन् २००२ सेप्टेम्बर २८ तारिखको दिन राति मदिरा सेवनगरी अनियन्त्रित रुपले चलाएको सलमानको कारले मुम्बईको बन्द्रा शहर सडकछेउमा सुतिरहेका मानिसलाई किचेर भागेको आरोपमा सलमानले ‘हिट एण्ड रन’ जस्तो गहन मुद्धा खेपिरहेका छन् । त्यस घटनामा एक जनाको मृत्यु भएको थियो । यस्तो अपराध लाग्नेमा सलमान पहिला व्यक्ति भने होइनन । राजकुमारका छोरा पुरु राजकुमारले रक्सिको नशामा आफ्नो कार ८ जना माथि कुदाएका थिए। तर उनी मात्र १ लाख ६० हजार रुपैयाँ जरिवाना तिरेर रिहा हुन सफल भएका हुन् ।
५.त्यसैगरि सलमानले ६ सय भन्दा बढी बच्चाहरुको हर्ट सर्जरी गराइदिएका छन् भने ४ सय धेरै कैदीका लागि जरिवाना तिरेर उनीहरुलाई ६३ जेलबाट रिहा गराएका छन् । फिल्म उद्योगमा सलमान एक्लै यस्ता अभिनेता हुन् जसको लगातार पाँच फिल्म (दबंग, रेडी, बडीगार्ड, एक था टाइगर, दबंग-२,किक ) ले १०० करोड भन्दा बढी कमाइ गरेको छ । उनी अभिनित फिल्म सुल्तानले पनि अत्यधिक सफलता पाएको थियो ।
६. सलमानले सडक बालबालिका तथा गरिबलाई सहयोग गर्ने ‘बिइङ हुम्यान’ नामक एक गैरसरकारी संस्था चलाएका छन् । उनले पछिल्लो समय बेरोजगार युवाहरुलाई रोजगार दिनका लागि एक वेबसाइट पनि सञ्चालन ल्याएका छन् । उनको फिल्म प्रोडक्सन हाउसको कमाइले यो संस्था चलाईरहेका छन् ।
७. सलमान खान ट्राइजेमिनल न्यूरेल्जिया(Trigeminal Neuralgia) यानी अनुहारको आधा हिस्सामा करेन्ट लागेको जस्तो महसुस हुने रोगबाट पीडित छन्।