घरमा श्रीमती हुँदाहुँदै यी अभिनेत्रीसँग फिदा भएका थिए यी निर्देशकहरु

रोहित शेट्टी-प्राची देसाई

गोलमाल सिरिजका चर्चित निर्देशक रोहित शेट्टी र प्राची देसाई चलचित्र बोल बच्चनबाट नजिकिएका हुन्।  सुटिङ सेटमा प्रयाङ्क गरेको देखि लिएर लिव इन टुगेदरमा रहेको सम्म खबर बाहिरिएको थियो। माया शेट्टीसँग रोहित शेट्टीको विवाह सन् २००५ मा भएको थियो ।  प्राचीसँगको ब्रेकअप पश्चात हाल उनी श्रीमतीसँगै रहदै आएका छन।

रानी मुखर्जी-आदित्य चोपडा

चलचित्र ‘दिलवाले दुल्हनिया ले जाएंगे’ का निर्देशक आदित्य चोपडाको बिवाह सन् २००१ मा पायल खन्नासँग भएको थियो । रानीसँग केहि नजिकिएपश्चात आदित्यले सन् २००९ मा पत्नीसँग सम्बन्ध बिच्छेद गरे। अन्तत: रानी र आदित्यले सन् २०१४ मा इटालीमा विवाह गरे ।

महेश भट्ट-परवीन बाबी, सोनी राजदान

परवीन बबीसँग महेश भट्टले बहु-बिवाह गरेका थिए। जुन सायदै कसैलाई थाहा नहुन पनि सक्छ। त्यस पछि उनी अभिनेत्री सोनी राजदानसँग प्रेम सम्बन्धमा रहेका थिए। यसै क्रममा उनले आफ्नी श्रीमतीसँग सम्बन्ध बिच्छेद पनि गर्न चाहेका थिए। अन्तत: महेशले श्रीमती किरणसँग सम्बन्ध बिच्छेद गरे पश्चात धर्म परिवर्तन गरि मुसलमान बनी सोनी राजदानसँग विवाह गरे ।

विक्रम भट्ट-सुष्मिता सेन, अमीषा पटेल

सुष्मिता सेनका लागि विक्रम भट्टले आफ्नो बच्च्पनदेखिको माया पनि तोडेका थिए। पूर्व मिस यूनिवर्ससँगको अफेयर पश्चात विक्रमले श्रीमती अदितीसँगको विवाह बन्धन पनि तोडेका थिए। सुस्मितासँगको ब्रेकअप पश्चात बिक्रमले आत्महत्याको प्रयास समेत गरेका थिए। तथापी सुस्मिता पछि भने उनको नाम अभिनेत्री अमिषा पटेलसँग जोडिएको थियो।

अनुराग कश्यप-कल्की कोचलिन, हुमा कुरैशी

अनुराग कश्यप र कल्कीको सम्बन्ध चलचित्र ‘देव डी’ को शूटिङको क्रममा भएको थियो। त्यतिबेला अनुरागले बिवाह गरिसकेका थिए। तर कल्कीसँगको सम्बन्धले नयाँ उचाई लिएपछि उनले सन् २००९ मा श्रीमती आरातीसँग सम्बन्ध बिच्छेद गरे। त्यस पश्चात उनले सन् २०११ मा काल्कीसँग बिवाह गरे । उनीसँगको वैवाहिक बन्धन पनि सन् २०१५ मा टुट्यो । चलचित्र ‘ग्याङ्स अफ वासेपुर’को शूटिङको क्रममा पनि अनुरागको नाम हुमा  कुरैशीसँग जोडिएको थियो।

प्रकाशित : शनिबार, फागुन २२, २०७७१६:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस क्रिकेटर भनेपछि मरिहत्ते गर्थीन् माधुरी, विवाह हुनै लाग्दा एक गल्तीले टुटेको थियो सम्बन्ध