ज्योतिषाचार्य दामोदरनाथ लोहनी
मेष राशि – चु,चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
मङ्गलबारसम्मका दिन राम्राखालका छैनन् । स्वास्थ्यमा बाधा हुनुको साथै गरेका काम पनि त्यसै अल्झिएर जालान् । बुधबारदेखि सुधारको गतिलो लक्षण आउनेछ । गणेशको आराधना गरेमा धेरै समस्या घट्न सक्छन् ।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
साता गतिलो खालको छैन । विघ्न, बाधा र समस्या झेलिरहनुपर्नेछ । खर्च गरेअनुसार कुनै पनि काम बन्ने छैनन् । स्वास्थ्य समस्या पनि त्यत्तिकै पर्नेछ । आफ्नोमात्रै नभएर परिवारको स्वास्थ्यले समेत चिन्ता बढाउनेछ । हाललाई देवीको आराधना गर्नु नितान्त जरुरी छ ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
सोमबारसम्म अलि-अलि काम बन्नेछन् । मङ्गलबारदेखिका बाँकी दिन त्यति राम्रा छैनन् । तपाईले राम्रो चिताएर बोले पनि त्यसको गलत व्याख्या गर्ने धेरै हुनेछन् । मित्रको सङ्ख्या कम र विरोधीको सङ्ख्या बढी देखिन्छ । शक्तिको उपासना गर्नु हाललाई आवश्यक छ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :
खर्च बढिरहला । यात्रा भए पनि निरर्थकखालका यात्रा नै धेरै हुनेछन् । पूर्वाद्र्धमा सामान्यखालको लाभ गर्न सक्नुहुनेछ तर उत्तराद्र्धमा भने निराशा बढी देखिन्छ । जागिरले मात्र बढी भरथेग गर्ने स्थिति हाल छ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
सुरुको दिनमा स्वास्थ्यमा गडबडी आउला । तर, आइतबारदेखिका दिन भने सप्रिएका छन् । अलिकति परिश्रम थपेमा धेरै काम बन्न सक्छन् । मित्रहरूको सहयोग मिलिरहनेछ । व्यापार व्यवसायमा आएका कठिनाइसमेत बिस्तारै घट्दै जानेछन् ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :
यात्रा हुने र केही कामसमेत बन्ने लक्षण छ । धपेडी बढी पर्नाले स्वास्थ्यमा सामान्यखाले तल-माथि हुन सक्छ । शिक्षाको क्षेत्रमा राम्रै प्रगति गर्ने स्थिति छ । व्यापारतिर समेत सामान्य प्रगति भइरहला । जागिरमा पनि हाल निराशा देखिन्न । धार्मिक काममा भने अवरोध आउला ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :
खर्च घट्ने छैन । तर, असल काममै खर्च हुनाले मानसिक चिन्ता भने हाल त्यति पर्ने देखिन्न । पढाइ र लेखाइमा मन गइरहला । सन्तानको पढाइमा समेत बढी खर्च हुन जाने समय छ । परिवारले दिएको सल्लाहलाई आत्मसात् गर्नुहोस्।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
यो साता मनोरञ्जन गर्नतिर मन आकृष्ट हुनेछ । शनिबारको दिनमा वनभोज र खेलवाडसमेत होला कि जस्तो छ । आर्थिक स्थिति भने त्यति राम्रो देखिन्न । त्यसैले खानपान एवम् खेलवाडमा संयमित भएरमात्र समय दिनुहोस् ।
धनु राशि -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
सातामा मनोरञ्जनका कार्य प्रशस्त हुनेछन् । आइतबार र सोमबार मन परेका मित्रहरूसँग भेटघाट एवम् बौद्धिक चर्चासमेत होला । मित्रहरू असलखालका छन् र गतिलो सल्लाहसमेत दिनेछन् । व्यापारसम्बन्धी कामबाट समेत हाललाई केही आर्जन गरिनेछ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
खर्च बढिरहला । त्यसलाई नियन्त्रण गर्न गाह्रो छ । विशेषगरी छोराछोरीको पढाइमै ज्यादा खर्च हुन जाला । व्यवसायसम्बन्धी कामबाट हाल सीमित लाभ हुनेछ । त्यस्तै पारिवारिक सन्तुष्टिसमेत मध्यमखालको छ । नारायणको दर्शनले समस्यामा कमी आउन सक्छ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :
सोमबारसम्मका दिन राम्रा छन् । मङ्गलबारको दिनमा स्वास्थ्यमा गडबडी हुन सक्छ र केही खर्चसमेत बढ्ला । नोकरीतिर चिन्ता थपिएला भने व्यापार व्यवसायमा सामान्य लाभ हुनेछ । परिवारबाट त्यति सन्तुष्टि हुने समय छैन।
मीन राशि – दि, दु, थ, झ, ञ, दे,दो, च, चि (Pisces) :
खर्च भए पनि आम्दानी भइरहनाले त्यति समस्या पर्ने स्थिति छैन । मद्दत गर्ने र गतिलो सल्लाह दिने मित्र प्रशस्त छन् । व्यावसायिक काममा प्रगति हुनेछ । सम्मान प्रतिष्ठामा भने ज्यादै ठूलो अभिवृद्धि देखिन्न । गणेशको आराधना गर्नलाई नछुटाउनुहोस्।