यी ४ अभिनेताले गरे आफ्नै सालीसँग भरपूर “रोमान्स”

एजेन्सी : बलिउडमा को कलाकार कसको आफन्त पर्छ भन्ने बारे धेरैलाई थाहा हुँदैन। नाताले आफन्त परेपनि कलाकारहरु चलचित्रमा रोमान्स गर्दै देखिन्छन्।

पर्दामा आफन्तहरुसँगसँगै काम गर्ने कलाकारहरु बारे समय-समयमा चर्चा हुने गरेको छ। यस्तै केहि बलिउड अभिनेताहरुले पर्दामा आफ्नै सालीसँग पनि रोमान्स गरिइसकेका छन्। ती मध्ये केही कलाकार निम्न छन्।

राजेश खन्ना र सिम्पल कपडिया

राजेश बलिउडकै सबै भन्दा सम्मानित कलाकार मानिन्छन्। उनकी श्रीमती डिम्पल कपडिया हुन्। पर्दामा राजेशले आफ्नै सालीसँग रोमान्स गरेका थिए। राजेशले साली सिम्पल कपडियासँग चलचित्र ‘अनुरोध’मा रोमान्स गरेका थिए।

अजय देवगन र रानी मुखर्जी

रानी मुखर्जी नातामा अजय देवगनको साली पर्छिन्। यी दुवै जनाले पर्दामा रोमान्स गरेका छन् । रानी मुखर्जी र अजय देवगनले चोरी-चोरी २००३ र एलओसी कारगिल २००३ मा संगै काम गरेका थिए। बताएअनुसार रानी अजयको श्रीमती काजोलकी भान्जी बहिनी हुन्।

सैफ अलि खान र करिश्मा कपूर

सैफ अलि खान र करिना कपूर अहिले सुखद वैवाहिक सम्बन्धमा छन्। वर्षौंको प्रेम सम्बन्धलाई यी दुईले विवाहमा परिणत गरेका थिए। सैफले करिनाकी दिदी करिश्मासँग पर्दामा रोमान्स गरिसकेका छन्। १९९९ मा सैफ अलि खान र करिश्मा कपूरको जोडी फिल्म हम साथ-साथ है मा देखिएको थियो ।

नसीरुद्दीन शाह र सुप्रिया पाठक

बलिउडका पूराना कलाकार नसीरुद्दीन शाहले पनि आफ्नी सालीसँग पर्दामा रोमान्स गरिसकेका छन्। उनले पत्नी रत्ना पाठकको बहिनी सुप्रिया पाठकसँग मासूम, मिर्च मसाला र बजार चलचित्रमा काम गरेका थिए।

प्रकाशित : शुक्रबार, फागुन २१, २०७७१५:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ३ बोल्ड नायिकाहरुको किस सिन तपाईले चाहेर पनि देख्न पाउनुहुने छैन !