काठमाडौँ : सफलता र सुख ज्योतिष शास्त्रलाई मान्ने हो भने जहिले पनि ग्रह स्थितिमा निर्भर हुने गर्छ। ज्योतिष शास्त्रले कुन राशि भएको व्यक्तिको कस्तो व्यवहार हुन्छ भन्ने बारेमा बताउने गर्छ।
सफलता मात्रै भाग्यसँग मात्रै नभएर दृढ संकल्प, आत्मविश्वाससँग पनि जोडिने गर्छ। जन्मकुण्डलीमा बृहस्पति, मङ्गल र शनि शुभ स्थितिमा हुने व्यक्तिहरुले सधैँ सफलता हात पार्छन्। ज्योतिष शास्त्रका अनुसार निम्न उल्लेखित राशिहरु जित्नको लागि नै जन्म लिने गर्छन्।
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
मेष राशि हुनेहरु अद्भुत क्षमताका धनी हुने गर्छन्। तेज दिमाग हुनुका साथै आत्मविश्वासमा पनि अन्य राशि भन्दा अगाडी हुन्छन्। नेतृत्व क्षमता पनि प्रचुर हुने हुँदा मेष राशि भएका मानिसहरु धेरै क्षेत्रमा सफलता प्राप्त गर्छन्। जुनै पनि हदसम्मको प्रयास र दुख गर्न पछि नपर्ने हुँदा मेष राशिहरुलाई हरेक प्रकारको जीत प्राप्त हुने गर्छ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
धनु राशि हुनेहरुलाई क्रान्तिकारी राशि भनेर पनि चिनिने गरिन्छ। जीवनमा छुट्टै किसिमको अनुशासन अपनाउने हुँदा हरेक क्षेत्रमा आफ्नो सम्पूर्ण ध्यान लगाउने गर्छन्। साथै बल मात्र नभई बुद्धिलाई पनि एकीकृत गर्न खप्पिस हुनाले धनु राशि हुनेहरु हरेक दुखलाई चिर्दै जीत हासिल गर्ने गर्छन्।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) (सफलताको दोस्रो नाम)
मकर राशि हुनेहरुलाई हरेक प्रकारको प्रतिष्ठा-सम्मान, धन-वैभव मिल्ने गर्छ। तर कुनै पनि सफलता आफ्नै प्रयासमा प्राप्त गर्ने क्षमता पनि राख्ने गर्छन्। साथै मकर राशि हुनेहरु प्रभावशाली वक्ता पनि हुन्छन् जसको कारण अन्य व्यक्तिहरुलाई छिट्टै प्रभाव पार्न सक्छन्। साथै सफलता पाउनको लागि जुनै पनि हदसम्मको दुख गर्ने हुँदा मकर राशि हुनेहरु प्राय सफल हुने गर्छन् ।