बलिउड फिल्ममा हिरो मात्र नभई हिरोइनहरु पनि आफ्नो अभिनयमार्फत दर्शकको मन जित्न सफल भएका छन् । चाहे प्रियंका चोपडा होस् ,कंगना रनौत वा आलिया भट्ट । हरेक अभिनेत्री आफ्नो अभिनयले दर्शकलाई फिदा बनाउछन् । यी अभिनेत्रीले आफ्नो खास भूमिकाले दर्शकको मन जित्न सफल भएका छन्। तर केही अभिनेत्री यस्ता पनि छन् जसले आफ्नो पहिचान बनाउनको लागि नाम परिवर्तन गरे। आज हामी बताउछौ बलिउडका यी ५ मुस्लिम अभिनेत्री जो नाम परवर्तन गरेर चर्चित भए।
१. तब्बु
तब्बूको जन्मदिन ४ नोवेम्बरमा हो । बलिउड इंडस्ट्रीको चर्चित अभिनेत्री तब्बू पनि मुस्लिम परिवारकी हुन् । उनको वास्तविक नाम तब्बसुम फातिमा हाशमी हो । तब्बूले १८८५ सालमा फिल्म ‘हम नौजवान’ बाट बलिउडमा डेब्यू गरेकी थिइन्। त्यसपछि उनले थुप्रै सुपरहिट फिल्म दिएकी छन्।
२. रीना राय
बलिउड फिल्ममा अभिनेता जितेन्द्रको हिरोइन भनेर चिनिने अभिनेत्री रीना राय पनि एक मुस्लिम परिवारकी हुन्। उनको वास्तविक नाम सायरा अली हो। उनले १९७२ सालमा फिल्म ‘जरूरत’ बाट बलिउडमा डेब्यू गरेकी थिइन्। बलिउडमा कदम राखेपछि रीनाले नाम परिवर्तन गरेर सायरा राखिन्।
३. मधुबाला
५० र ६० दशकको अभिनेत्री मधुबालाको वास्तविक नाम मुमताज बेगम थियो । बलिउडमा आउने बितिक्कै उनले नाम परिवर्तन मधुबाला राखेकी थिइन्। मधुबालालाई वास्तविक पहिचान १९४७ मा आएको फिल्म ‘नीलकमल’ बाट मिलेको थियो । मधुबाला दिल्लीको एक मुस्लिम परिवारकी हुन्।
४. आलिया
फिल्ममा आफ्नो अभिनयबाट दर्शकको मन जित्न सफल भएकी अभिनेत्री आलिया भट्टको बारेमा एक राज धेरैलाई थाहा छैन होला। आलिया भट्ट आफ्नो नामले हिन्दू भएपनि उनी मूल रुपले एक मुस्लिम खानदानबाट हुन्। उनको हजुरबुबाको नाम शिरीन मोहम्मद अली थियो ।
५. मान्यता दत्त
संजय दत्तको श्रीमती मान्यता दत्त पनि मुस्लिम हुन् । उनको वास्तविक नाम दिलनवाज शेख हो र उनी संजय दत्तको तेस्रो श्रीमती हुन्। मान्यताले फिल्ममा आउनुभन्दा पहिला आफ्नो नाम दिलनवाज शेखबाट मान्यता राखेकी थिइन्।फिल्म ‘गंगाजल’ मा आइटम डान्स गरेको कारण उनी चर्चित भएकी थिइन्।