फिल्मी दुनियाँमा कदम राखेनन् यी स्टारकिड्सले, अरु नै क्षेत्रमा बने सफल

एजेन्सी : महानायक अमिताभ बच्चनकी नातिनी नव्या नवेली नन्दाले अभिनयको दुनियाँलाई छाडेर अरु नै क्षेत्रमा करियर बनाउनेबारे सोचेकी छिन्। एक रिपोर्ट अनुसार नव्याले आफ्नो पिता निखिल नन्दासँग बिजनेस सेक्टरमा काम गर्ने मन बनाएकी छिन्।

भारतीय सञ्चारमाध्यमको रिपोर्ट अनुसार, एक अन्तर्वार्तामा नव्याले बिजनेसमा लागेको आफ्नो खानदानको चौंथो पिढी र पहिलो महिला हुनेछिन् भनेर बताएकी थिईन्। उनले आफ्नो ग्रेट ग्राण्डफादर एचपि नन्दाको विरासतलाई सम्हाल्दा फरक महसुस हुने बताइन्। नव्या नवेली नन्दा, श्वेता बच्चनको छोरी हुनुको साथै बलिउड मेगास्टार अमिताभ बच्चनकी नातिनी हुन्।

ऋष‍ि कपूर र नीतू कपूरकी छोरी रिद्ध‍िमा कपूर साहनी फेशन इन्डस्ट्रीको चर्चित हस्ती हुन्। उनी एक ज्वेलरी डिजाइनर हुन्। लाइमलाइटमा कम आएपनि उनको लोकप्रियता कपूर खानदानका अरु बलिउड सेलिब्रेटी भन्दा छैन।

डायरेक्टर महेश भट्ट र सोनी राजदानकी छोरी शाहीन भट्टले फिल्ममा अभिनयको सट्टा ब्याक स्टेज कन्ट्रोल गर्ने जिम्मा लिईन्। उनले सन अफ सरदार फिल्ममा को-राइटरको काम पनि गरेकी छिन्। शाहीनले लण्डनमा फिल्म मेकिङको पढाई गरेकी छिन्।

राकेश रोशनकी छोरी तथा ऋत‍िक रोशनकी बहिनी सुनैना चर्चामा आइरहन्छिन्। सुनैनाको प्रोफेशनल फ्रन्टको चर्चा गर्ने हो भने उनले परिवारको प्रोड्क्शन हाउस फिल्मक्राफ्टको सफलतापूर्वक अगाडी बढाएकी छिन्।

आलिया, पूजा र शाहीन बाहेक महेश भट्टका एक अर्का छोरा पनि छन् राहुल भट्ट। राहुल एक प्रोफेशनल फिटनेस ट्रेनर हुन्। फिल्म दंगलमा राहुलले नै आमिर खानलाई ट्रेनिङ दिएका थिए।

धर्मेन्द्र र हेमा मालिनीकी छोरी अहाना देओल पनि एक चर्चित हस्ती हुन्। उनले अभिनयको दुनियाँमा नरहेर पनि निकै लोकप्रियता हासिल गरेकी छिन्। उनी एक प्रोफेशनल ओडिसी डान्सर हुन्।

पटौदी पर‍िवारमा सैफ अलि खान र सोहा अलि खानले फिल्ममा आफ्नो साख जमाएका छन्। तर उनकी एक बहिनी सबा अलि खान पनि छिन्, जसको बारेमा कमै मानिसलाई मात्र छ। सबा एक चर्चित ज्वेलरी डिजाइनर हुन्।

विवियन रिचर्ड्स र नीना गुप्ताकी छोरी मसाबा गुप्ता आफ्नो बयानको कारण चर्चामा छाइरहन्छिन्। उनी एक ख्यातीप्राप्त फेशन डिजाइनर हुन्। हाउस अफ मसाबा नामको उनको आफ्नै क्लोदिङ ब्राण्ड छ। केही समय अघि मसाबाले ‘मसाबा मसाबा’ नामको नेटफ्लिक्स वेब सिरिजमा आफ्नी आमा नीता गुप्तासँग काम गरेकी थिईन्।

अमिताभ बच्चन र जया बच्चनकी प्यारी छोरी श्वेता नन्दा पनि फिल्मी दुनियाँबाट टाढा छिन्। यद्यपि उनले लोरियलको लागि मोडेलिङ गरेकी थिईन् र नेक्स्ट जेन टक शोको पनि होस्ट गरेकी थिईन्। श्वेता बच्चनको आफ्नै क्लोदिङ ब्राण्ड पनि छ।

बोनी कपूरकी ठुली छोरी तथा अभिनेता अर्जुन कपूरकी बहिनी अंशुला कपूरलाई क्यामरामा कमै मात्र देख्न पाइन्छ। उनी गुगलको एम्प्लोईको रुपमा पनि काम गरिसकेकी छिन् र पछि उनले ऋतिक रोशनको एचआरएक्स ब्राण्ड कम्पनीमा अपरेशन म्यानेजरको रुपमा पनि काम गरिसकेकी छिन्।

अनिल कपूरकी छोरी सोनम कपूर इन्डस्ट्रीको लोकप्रिय अभिनेत्री हुन्। त्यस्तै सोनमकी बहिनी रिया कपूरको नाम पनि सुन्नुभएकै होला। रिया फेशन स्टाइलिस्ट हुनुको साथै फिल्म प्रोड्यूसर पनि हुन्। उनी सोनमको स्टाइलिस्ट पनि हुन्।

प्रकाशित : बिहिबार, फागुन ०६, २०७७१२:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

किस शिन दिन कुनै अफ्ठ्यारो मान्दैनन् यी ७ बलिउड नायिका, कथामा बग्दै दिन्छन् किस शिन