काठमाडौँ – प्रतिबन्धित भालुको पित्तसहित एक जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–७ विष्णुमती चोकबाट १०३ ग्राम तौल भएको प्रतिबन्धित भालुको पित्तसहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिकामै बस्ने ३२ वर्षीय बिगुन राई रहेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार उनको स्थायी घर सङ्खुवासभा जिल्ला चिचिला गाउँपालिका–२ घर रहेको छ।
प्रतिबन्धित भालुको पित्त अवैध रुपमा बिक्रीका लागि लुकाइछिपाई ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले उनलाई पित्तसहित फेला पारी पक्राउ गरेको हो ।
बरामद भालुको पित्त प्रतिग्राम रु २५ हजारका दरले बिक्री गर्ने उद्देश्यले ल्याएको खुल्न आएको महाशाखाका प्रमुख दीपक थापाले जानकारी दिनुभयो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।
पक्राउ पर्नेको विवरण
१) नाम:– बिगुन राई
मिति: २०७७/११/०२ गते ।
उमेर :– ३२ बर्ष
ठेगाना:– जिल्ला संखुवासभा चिचिला गा.पा.वडा न २
हालको ठेगाना:- का.जि. बुढानिलकण्ठ
बरामद सामानहरु:-
भालुको पित्त थान २ ( तौल गर्दा १०३ ग्राम) । मोबाईल थान १ ।-