अदालतको अनौठो फैसला : ‘सिद्धबाबाले क’र’णी गरेका होइनन्, महिलाले शरीर समर्पण गरेकी हुन्’

आफ्नै अनुयायीलाई ब”ला”-त्कार गरेको अभियोग लागेका सुनसरी चतरानिवासी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको मुद्दाको अनौठो फैसलाको पूणपाठ तयार भएको छ । न्यायाधीश अर्जुनप्रसाद कोइरालाले सिद्धबाबा र अनुयायीबीच सहमतिमै सम्बन्ध राखेकाले ब–”ला–”त्कार हुन नसक्ने भन्दै सफाइ दिने फैसला गरेका छन् ।

फैसलाको पूर्णपाठमा जाहेरवाली महिलाले नै सिद्धबाबासँग मोहित भएर आफ्नो शरीर समर्पण गरेको उल्लेख छ । बिहीबार तयार भएको पूर्णपाठमा सहमतिमा भएको क’-र’-‘णीलाई जबर्जस्ती क’-र’-‘णी भन्न नमिल्ने उल्लेख छ । यो खबर नयाँ पत्रिकामा प्रकाशित छ।

फैसलामा भनिएको छ, ‘… तसर्थ माथि विवेचना गरिएका आधार एवं कारणहरूबाट जाहेरवालीको शारीरिक परीक्षणबाट निजउपर जबर्जस्ती क’-र’-‘णी भएको नदेखिएको, जाहेरवाली शारीरिक र मानसिक रूपमा स्वस्थ भई आफूले गरेको कार्यको असर र परिणाम बुझ्न सक्ने हैसियतमा छिन् भन्ने कुरा प्रतिवादीलाई पठाइएका म्यासेजबाट देखिएको तथा माथि विवेचना गरिएअनुसार निज स्वयंले नै आफूले प्रयोग गरेको मोबाइलबाट लामो समयदेखि विभिन्न समयमा विद्युतीय माध्यमको प्रयोग गरी प्रतिवादीलाई आशक्तिपूर्ण र अनुनयजन्य सन्देशहरू प्रवाह गरी भेटघाटको मौका उपलब्ध गराउन गरेको अनुनयअनुरूप जाहेरवालीलाई भेटेको समयमा जाहेरवाली प्रतिवादीसँग मोहित भई आफ्नो शरीर समर्पण गरी भएको क’-र’-‘णीलाई जबर्जस्ती क’-र’-‘णी भन्न नसकिने हुँदा प्रतिवादीउपरको अभियोगदाबी स्थापित हुन आएन ।’

प्रकाशित : शनिबार, फागुन ०१, २०७७०९:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बुटवलमा बन्दैछन् नेपालको पहिलो सुरुङ मार्गका रिब