काठमाडौँ : बलिउडकी रंगीला गर्ल भनेर चिनिने उर्मिला मातोन्डकर ४६ वर्षकी भएकी छिन्। उर्मिलाको फिल्मी करियरको कुरा गर्ने हो भनेर उर्मिलाले बालकलाकारको रुपमा सन् १९८० मा आएको फिल्म ‘कलयुग’ बाट बलिउडमा कदम राखेकी थिईन्। बालकलाकारको रुपमा उनले फिल्म ‘मासुम’ बाट पहिचान पाएकी थिईन्।
अभिनेत्रीको रुपमा उनको फिल्म ‘नरसिम्हा’ थियो, तर उनले वास्तविक पहिचान रामगोपाल वर्माको फिल्म ‘रंगीला’ बाट पाएकी थिईन्। रंगीलाको छायांकनको क्रममा नै रामगोपाल उर्मिलाको प्रेममा परेका थिए। यहाँसम्म कि निर्देशक रामगोपाल आफ्नो फिल्ममा अभिनेत्रीको ठाउँमा उर्मिलालाई मात्र लिन्थे।
एक निर्णयले बर्बाद गरिन् आफ्नो करियर
रामगोपाल वर्माको फिल्ममा मात्र काम गरेकी उर्मिलाले अरु निर्देशकका फिल्ममा काम गर्ने इच्छा देखाईनन्। बलिउडमा रामगोपाल वर्माको थुप्रै मानिसहरुसँग सम्बन्ध खराब थियो। जसकारण अरु निर्देशकले उर्मिलालाई आफ्ना फिल्ममा काम गराउन चाहेनन्। बिस्तारै-बिस्तारै उर्मिलालाई फिल्मको अफर आउने छाड्यो र उनको करियर बर्बाद भयो।
भारतीय मिडियाको रिपोर्टस अनुसार एकपटक उर्मिलाको खातिर रामगोपाल वर्माले माधुरी दीक्षितसम्मलाई फिल्मबाट हटाएका थिए। रामगोपाल वर्माले उर्मिलालाई असीमित प्रेम गर्ने भएकोले फिल्ममा लिन्थे। यद्यपि जब यो कुरा उर्मिलाले थाहा पाइन् तब उनले रामगोपाल वर्माको प्रेम प्रस्तावलाई अस्वीकार गरिन्। यति मात्र नभई उर्मिलाले रामगोपाल वर्मासँग फिल्म काम गर्ने छाडिन्।
रामगोपालले साउथ फिल्ममा पनि गरे कास्ट
‘रंगीला’ भन्दा पहिले रामगोपाल वर्माले उर्मिलालाई सन् १९९२ मा आएको तेलुगु फिल्म ‘अन्थम’, ‘द्रोही’ र १९९३ मा रिलिज भएको ‘गायम’ मा मौका दिएका थिए। कुनै बेला यस्तो समय पनि थियो जतिबेला रामगोपालले आफ्नो फिल्ममा उर्मिलालाई नै कास्ट गर्थे।
रामगोपालले अफिसको नाम पनि ‘उर्मिला मातोन्डकर’ राखे
रामगोपाल उर्मिलाप्रति यति धेरै पागल थिए कि उनले अँधेरी, मुम्बईस्थित आफ्नो अफिसको कोठाको नाम नै ‘उर्मिला मातोन्डकर’ राखेका थिए। रामगोपालको अफिसको ग्राउण्ड फ्लोरमा १५ कोठा छन्, जुन एडिटिङ, पोस्ट प्रडक्सन, साउण्ड डिपार्टमेन्टको लागि प्रयोग गरिन्छ।
रामगोपालसँग गरे १३ फिल्ममा काम
उर्मिलाले रामगोपाल वर्मासँग कुल १३ फिल्महरुमा काम गरिन्। उनले अन्थम, द्रोही, गायम, अङ्गनगा ओका राजु, रंगीला, दौड, सत्या, कौन, मस्त, जङ्गल, कम्पनी, भूत र आग जस्ता फिल्महरुमा काम गरिन्।
अफ बिट फिल्ममा पनि देखिईन्
रामगोपाल वर्मासँग साथ छुटेपछि उर्मिलाले केही अफबिट फिल्महरुमा पनि काम गर्ने कोशिश गरिन्। उनले ‘पिंजर’ र ‘मैंने गान्धी को नहीं मारा’ जस्ता फिल्महरुमा पनि काम गरिन् तर उर्मिलाको मिहिनेत खेर गयो। ती फिल्महरु नराम्ररी फ्लप भए।
९ वर्ष कान्छो कश्मिरी बिजनेसम्यानसँग गरिन् विवाह
उर्मिला मातोन्डकरले ३ मार्च २०१६ मा आफू भन्दा ९ वर्ष कान्छो कश्मिरी बिजनेसम्यान मोहसिन अख्तर मीरसँग विवाह गरिन्। उर्मिला लामो समयदेखि फिल्मी दुनियाँबाट टाढा छिन्। उनी अन्तिम पटक सन् २०१८ मा आएको फिल्म ‘ब्ल्याकमेल’ मा आइटम नम्बर ‘बेवफा ब्युटी’ मा देखिएकी थिईन्।
राजनीतिमा पनि असफलता
उर्मिलाले राजनीतिमा कदम राखिन् तर त्यहाँ पनि उनलाई असफलता हात लाग्यो। उनी सन् २०१९ को लोकसभा चुनावको ठिक अघि काँग्रेसमा प्रवेश गरेकी थिईन्। उनले उत्तर मुम्बई सिटबाट चुनाव लडेकी थिईन् तर भाजपा प्रत्याशी गोपाल शेट्टीसँग हारेकी थिईन्। ५ महिनापछि नै उनले काँग्रेसबाट राजीनामा दिईन्।