एकाबिहानै सामाखुशीमा बन्द अवज्ञा गरेको भन्दै ट्याक्सीमा आगजनी

सामाखुशीमा गुडिरहेको ट्याक्सीमा अज्ञात समूहले आगजानी गरेको छ । काठमाडौँ महानगरपालिका–२६ आत्मज्ञानस्थित सडकमा आज बिहान ६ः३० बजे प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजानी गर्दा ट्याक्सी जलेर नष्ट भएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक रोशन खड्काले बिहान मोटरसाइकलमा आएका अज्ञात समूहले ट्याक्सी आगजानी गरेको राससलाई जानकारी दिनुभयो । ट्याक्सी आगजानी गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सरकारले बुधबार संसदीय सुनुवाइबिनै संवैधानिक निकायका प्रमुख तथा सदस्यको शपथ खुवाएसँगै बुधबारै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले यसको विरोध गर्दै आजलाई आमहडतालको घोषणा गरेका थिए ।

प्रकाशित : बिहिबार, माघ २२, २०७७०८:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

लुभूघाटमा ५३६ मेघावाट क्षमताको विद्युत् आयोजना बन्दै, अध्ययनको काम अन्तिम चरणमा