एकाबिहानै बाहिर खेल्न गएका निर्बोध बालकले ल्याए यस्तो साथी, छक्क परिन् आमा

एजेन्सी – अमेरिकाकी स्टेफनी ब्राउन एकाबिहान छक्कै परिन्। छक्क पर्नुको कारण उनका छोरा र उनीसँगै आएका एक साथी थिए। उनका छोरासँग आएका साथी मानिस थिएन, एक जनावर थियो।

छोरा मंगलबार बिहान बाहिर खेल्न गएको र फर्किंदा उसँगै हिरणको एक बच्चा पनि आएको स्टेफनीले बताइन्। छुट्टि मनाउन भर्जिनियाको शेनान्डोह नेश्नल पार्क नजिकैको एक रिसोर्टमा पुगेका बेला त्यस्तो भएको उनको भनाई छ। आफ्ना छोरा डोमिनिकको पछि-पछि लागेर आएको हरिण देखेर धेरै नै अचम्म लागेको उनी बताउँछिन्।

“डोमिनिक र बच्चा हरिण सँगै थिए। दुवै घरभित्र आउनको लागि तयार थिए। यस्तो लाग्थ्यो कि उक्त हरिणलाई कुनै पनि डर थिएन।”,उनले भनिन्,”त्यससमय म अक्क न बक्क भएँ। मैले यस्तो दृश्य कहिले पनि देखेको थिइन।”

स्टेफनीले थप भनिन्,”त्यस समय मलाई यस्तो लाग्यो कि डोमिनिक र उक्त हरिण बीच लामो समय देखिको चिनजान थियो। नडराई हामी रहेको ठाउँ सम्मै आएको देखेर साँचै नै म अचम्मित भएको थिएँ।”

स्टेफनीका अनुसार डोमिनिकले उक्त हरिण झाडीमा देखेका थिए। केहि दिन्छु भनेर घर आउँदा हरिण सँग-सँगै आएको उनको भनाई छ। हरिणले घरसम्मै पछ्याउँदा पनि ४ वर्षीय डोमिनिक नडराएको देखेर आफूलाई अचम्म लागेको स्टेफनीले बताइन्।

हरिणलाई जङ्गल सम्म पुर्याउनु भन्दा अगाडी स्टेफनीले केहि तस्विरहरु खिचेकी थिइन्। ती तस्विरहरु उनले सामाजिक संजालमा पनि सार्वजनिक गरेकी छन्।

सामाजिक संजाल फेसबुकमा ती तस्विर भाइरल नै भएका छन्। डोमिनिक र हरिणको उक्त तस्विरमा ४३ हजार भन्दा बढीले शेयर गरेका छन्। तस्विरमा लगभग ७ हजार कमेन्टस गरिएका छन् भने तस्विर ३३ हजार बढीले रियाक्ट  गरेका छन्।

प्रकाशित : मङ्गलबार, माघ २०, २०७७१९:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ग्यारेजमा बिजनेस देखि दुनियाँको सबैभन्दा धनी व्यक्तिसम्म, यस्तो रहयो जेफ बेजोसको अद्भुत यात्रा