क्रेज बढेसँगै महँगियो रणवीरको भाउ, लिन थाले एउटै फिल्मको ५० करोड

मुम्बई । बलिउड अभिनेता रणवीर सिंहले चलचित्र ‘सर्कस’ ५० करोड पारिश्रमिक लिएका छन् । उनका अघिल्ला चलचित्रहरुले बक्सअफिसमा सफल चुम्दै गएपछि पारिश्रमिक बढाएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । ‘सर्कस’ का लागि रणवीरले ७५ दिनको समय दिने निर्माण पक्षले जनाएको छ । यस चलचित्रबाट उनले दैनिक ६६ लाख रुपैयाँ बुझेका छन् ।

भारतमा उनको क्रेज निकै गज्जब खालको छ । प्रायः उनले अभिनय गरेका चलचित्रको दर्शक, समीक्षक तथा सञ्चार माध्यमले खुलेरै चर्चा गरेको पाइन्छ । अभिनेता रणवीरले आफूलाई हरेक भूमिकामा चुस्त राख्न सक्ने खुबी राख्छन् ।

यसै कारण अभिनेता रणवीरलाई चलचित्रमा काम लगाउन बलिउडका निर्माता, निर्देशक लालयित छन् । अहिले अभिनेता रणवीर ‘सर्कस’ को छायांकनमा व्यस्त रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यो खबर राजधानी राष्ट्रिय दैनिकमा प्रकाशित छ।

रोहित सेट्टीले निर्देशन गरिरहेको यसै चलचित्रबाट रणवीरले आफ्नो पारिश्रमिक बढाएका हुन् । उनले यस चलचित्रमा काम गरेबापत् ५० करोड पारिश्रमिक लिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

प्रकाशित : आइतबार, माघ १८, २०७७०९:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भिजिट भिसामा विदेश जाने ह्वात्तै बढेपछि नयाँ नियम : अब १५ लाखको यात्रा बिमा अनिवार्य