पछिल्लो समय धेरैको सम्बन्धहरु टुटेको देखिन्छ भने सम्बन्ध सजिलै पनि जोडिएको देखिन्छ। नेपालको परिपेक्ष्यमा हेर्ने हो भने अहिले युवा-युवती बीच प्रेम पलाउनको लागि सामाजिक सञ्जालको ठुलै हात रहेको देखिन्छ। प्रेममा धोका दिने काम युवाबाट मात्र नभई युवतीहरुबाट पनि हुने गर्छ। आज हामी तपाईलाई नेपाली युवतीहरुले के कारणले गर्दा धोका अथवा सम्बन्ध टुटाउने गर्छन् भन्ने विषयमा जानकारी दिनेछौं।
पारिवारिक दवाव
अहिले आधुनिकीकरण भएसँगै सम्बन्ध जोडिन खासै गार्हो नहुने त भैहाल्यो। प्रेम सम्बन्धको बारेमा अहिले पनि नेपाली परिवारहरुमा खुलेर कुरा गर्ने परिपाटी बनिसकेको छैन। यस्तै एक युवतीको घरमा उनको प्रेम सम्बन्धको बारेमा थाहा पाएको खण्डमा परिवारबाट अत्याधिक दवाव हुने गर्छ,जसका कारण युवतीहरु आफ्नो सम्बन्ध टुटाउनको लागि बाध्य हुने गर्छन्। जसलाई एक प्रकारले धोकाको रुपमा समेत लिने गरिन्छ।
अपरिपक्कता
सानै उमेरमा प्रेम सम्बन्धमा पर्ने प्रेम जोडीको सम्बन्ध सजिलै टुटेको देख्न सकिन्छ। व्यवहारिक हिसावमा सोच्न सक्ने नभई प्रेम सम्बन्धमा परेकाहरुको परिपक्क भएपछि दुर्दशा भएको धेरै देख्न सकिन्छ। जसका कारण समय बित्दै जाँदा आफ्नो प्रेमीमा धेरै खोट देख्ने युवतीहरु सम्बन्ध टुटाउनको लागि अग्रसर हुने गर्छन्।
संस्कृतिक दवाव
प्रेम सम्बन्ध अगाडी बढाउने क्रममा कुनै पनि प्रेम जोडीले आफ्नो संस्कृति साथै जातको बारेमा सोचेको नै हुँदैन तर समय बित्दै जाँदा जात साथै संस्कृतिले सम्बन्धमा धेरै असर गर्ने देखेसँगै नेपाली युवतीहरु सम्बन्ध टुटाउन अग्रसर हुने गर्छन्।
साथै अहिले पछिल्लो समयमा प्रेमलाई लिएर विकृति नै भित्रिएको देखिन्छ। युवकहरुमा पनि यस्ता विभिन्न कारणहरु रहेका हुन्छन् जसका कारण आफ्नो प्रेमिकालाई धोका दिन पछि हट्दैनन्। विकृति बढेसँगै युवकहरुले आफ्नो प्रेमिकालाई धोका दिनुको पछाडी शारीरिक सम्बन्धले मुख्य भूमिका खेल्ने तथ्यांकहरुले देखाएको छ। अहिले नेपालमा प्रेम सम्बन्ध टुटाउन युवतीहरु मात्र नभई युवाहरु पनि उत्तिकै सक्रिय रहेका छन्। आधुनिकीकरणसँगै यस प्रकारको प्रवृत्ति हटाउनु पर्ने आवश्यकता देखिन्छ।