काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पत्रकार शालिकराम पुडासैनी प्रकरणको कानुनी राज्यको प्रत्याभूति हुनेगरी छानविन गर्न माग गरेका छन्।
मंगलबार सामाजिक संजाल मार्फत पौडेलले कानुनी राज्यको प्रत्याभूति पुडासैनी प्रकरणको छानविन गरी सत्यतथ्य छिट्टै सार्वजनिक गर्न माग गरेका हुन्।
यस प्रकरणमा निर्दोषलाई फसाउने र दोषी उम्काउने काम भए ठूलो दुर्घटना निम्तिन सक्ने खतरा रहेको पनि पौडेलले औल्याएका छन्। कसैले पनि आफूप्रति विश्वास कायम राख्न नसकेका कारण शङ्काको घेरा बढेको पनि उनको बुझाई छ।
पत्रकार शालिकराम पुडासैनी प्रकरणले सरकारी संयन्त्रप्रति थप अविश्वास बढ्ने स्थिति बन्न सक्ने भन्दै पौडेलले सत्यतथ्य छिटो सार्वजनिक गर्न माग गरेका छन् ।
“पुडासैनी प्रकरणको सत्यतथ्य छिटो सार्वजनिक होस्। घटनामा संलग्न जो कोहीलाई पनि कडा कारबाही होस् तर विभिन्न षडयन्त्र बुनेर निर्दोषलाई फसाउन यो घटनाको प्रयोग भयो भने त्यसले ठूलो दुर्घटना निम्त्याउने छ। कसैले पनि आफूप्रति विश्वास कायम राख्न नसकेका कारण शङ्काको घेरा बढेको छ।यो घटनाले सरकारी संयन्त्रप्रति थप अविश्वास बढ्ने स्थिति नबनोस्।कानुनी राज्यको प्रत्याभूति हुनेगरी छानविन अगाडि बढाइयोस्।”,पौडेलले सामाजिक संजाल मार्फत माग गरेका छन्।