Uncategorized

प्रहरीसँग जंगिएको बारे पारसले भने – माफी माग्छु तर छोरालाई डण्डा तेर्स्याएपछि सहन सकिन…

काठमाडौँ – विमानस्थलको सुरक्षाका लागि खटिएका प्रहरीमाथि हातपात गरेको विषयमा पूर्वयुवराज पारस शाहले सामाजिक संजाल मार्फत स्पष्टिकरण दिएका छन्।

आइतबार साँझ विमानस्थलको भीआईपी कक्षको सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक (सई) ईश्वर खत्रीलाई हातपात गरेको भिडियो सार्वजनिक भएपछि पारसले फेसबुक मार्फत स्पष्टिकरण दिएका हुन्।

स्पष्टिकरण दिँदै फेसबुकमा शाहले आफ्नी आमा उपचारको लागि बैंकक जाँदै गरेको र त्यस क्रममा विमानस्थालको प्रहरीले आफ्नो छोरामाथि डण्डा तेर्साएपछि सहन नसकेर जाइलागेको उल्लेख गरेका छन्।

यस्तै उनले सम्बन्धित निकायसँग सोहि माफी समेत मागेका छन्। तर आफ्नो ठाउँमा कुनै पनि नेपाली बाबु भएको भए त्यस्तै गर्ने पनि पारसको बुझाइ छ।

” मेरो आमा उपचारको क्रममा बैंकक जाने क्रममा हुनुहुन्थ्यो। त्यसैपनि म आमाको बिरामीले खराब मनस्थितिमा थिए र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जब त्यहाँका प्रहरी अधिकृतले मेरो छोरामाथि डण्डा तेर्स्याएको देखें, मैले सहन सकिन।।।। म सम्बन्धित निकाय,व्यक्तिसँग माफी माग्न चाहन्छु। तर मेरो ठाउँमा कुनै पनि एक नेपाली बाबु थियो भने त्यस्तै गर्थ्यो। यो कुराको छिनोफानो म नेपाली जनतालाई दिन्छु।”,फेसबुकमा पारसले लेखेका छन्।

प्रकाशित : मङ्गलबार, भदौ ०३, २०७६०८:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :