ब्रिटेनमा वेल्सको एक अस्पतालले गर्भवती महिलाको दुखाई कम गर्न पहल गरेको छ । त्यहाँको एक नेशनल हेल्थ सर्भिसले यो हस्पिटलमा गर्भवती महिलालाई भर्चुअल हेडसेट लगाउने सुविधा दिएका छन् । यो पहलको उद्देश्य यो हो कि लेबर रूममा जानुभन्दा पहिले गर्भवतीलाई दुखाईबाट ध्यान हटोस् ।
हेडसेट लगाउने क्रममा सात मिनेटको सत्र हुन्छ। यसमा उनीहरुलाई उत्तर ध्रुवको लाइटिंग, समुन्द्रमा तैरिने , मंगल गृहमा हिडेको र पेंगुइनको बीच भएको फील गराइन्छ । यो बाहेक शान्त गर्ने म्यूजिक सुनाइन्छ । यो अब सबै अस्पतालमा लागु हुन सक्छ। वेल्समा कार्डिफको यूनिभर्सिटी हस्पिटलमा यो हेडसेटको खोज पनि भएको छ। यसमा पाईयो कि यो लगाएपछि गर्भवतीलाई शान्त गर्न सकिन्छ।