चन्द्रमाले मे ८ रातिबाट कुम्भ राशिमा प्रवेश गरेको छ। यस राशी प्रवेशसंगै विभिन्न राशिमा असर पर्ने हुन्छ। राशी परिवर्तन गरेसँगै सम्पूर्ण राशिको भाग्य परिवर्तन हुने गर्छ। यदि शुभ समय चलिरहेको छ भने अशुभ समय पनि चल्न सक्ने हुन्छ। चन्द्रमाले राशी गरेसँगै कुन राशिलाई कस्तो असर पर्छ हेर्नुहोस।
मेष राशी
यस परिवर्तनबाट मेष राशी हुनेहरुको लागि खासै राम्रो समय शुरु नहुने देखिन्छ तर शुभ समाचार भने मिल्न सक्ला। आर्थिक समस्या समाप्त हुनेछ। तर मिहिनेत भने अत्याधिक गर्नु पर्ने हुन्छ। मानसिक तनाव बढेर जान सक्ला साथै खान-पानमा ध्यान दिनु होला। यसबाट बचनको लागि तपाईले कुनै पनि मन्दिरमा चन्दन साथै पहेलो कपडा अर्पित गर्नु पर्ने हुन्छ।
वृष राशी
यस परिवर्तनले वृष राशी हुनेहरुको लागि आकस्मिक लाभ दिलाउने देखिन्छ। परिवर तपाईमा ज्यादा आश्रित हुने हुँदा जिम्मेवारी बढेर जाने देखिन्छ। आफ्नो सोचमा आदिक रहनु पर्ने देखिन्छ। बोलीमा भने नियन्त्रण राख्नु भएमा समय राम्रै बित्न सक्ला।
मिथुन राशी
यस परिवर्तनले तपाईको दैनिकीमा परिवर्तन गराउने देखिन्छ। तपाईमा प्रसन्नता बढेर जाने देखिन्छ भने नयाँ कार्यको समेत थालनी हुन सक्ने योग बनेर आउन सक्ला। आर्थिक लेन-देनमा फाइदा मिल्न खासै गार्हो नपर्ने देखिन्छ। तर मित्रजनसँग भने मनमुटाब हुन सक्ला।
कर्कट राशी
यस राशी परिवर्तन तपाईको लागि मिश्रित रहन सक्ने देखिन्छ। तपाईको गोपनियता बाहिरिन सक्ने हुँदा सजक रहनु पर्ला। तर यात्रा भने सफल हुन सक्ला। हरेक कार्य गर्दा धैर्यपूर्वक गर्नु होला।
सिंह राशी
यस राशी परिवर्तनले तपाईको जीवनमा सफलता थपिने देखिन्छ। आर्थिक अवस्था ठीक हुनेछ। पदोन्नतिको समेत योग बनाउन यस परिवर्तनले सहयोग मिल्ने हुन्छ। तर क्रोध भने नियन्त्रण गर्नु पर्ने हुन्छ।
कन्या राशी
यस परिवर्तनले तपाईको कार्य सफल बनाउन सहयोग मिल्ने देखिन्छ भने तर मिहिनेत भने ज्यादा गर्नु पर्न सक्ला। धैर्य संग काम गर्नु होला। आश्चर्य पर्ने खबर समेत आउन सक्ला।
तुला
यस परिवर्तनले तपाईमा खुशी लेराउने हुन्छ भने पुरानो समस्या हाल भएर जाने हुन्छ। साथै परिवारमा खुशी बढ्न सक्ला भने कार्यक्षेत्रमा वृद्धि भएर जान सक्ला। साथै वैदेशिक यात्राले लाभ दिलाउन सक्ला।
वृश्चिक
यस परिवर्तनसँगै तपाईको किस्मत चम्कन सक्ला। साथै प्रेम जीवनमा पनि सफलता मिल्ने अवस्था हुने तपाईको समय राम्रै बित्न सक्ला। कुनै पनि कार्य पछी गर्छु भनेर नाटर्नु होला। साथै मित्रजनसंगको सम्बन्धमा ध्यान दिनु पर्ने हुन्छ।
धनु
यस परिवर्तनले तपाईको जीवनमा नयाँ सम्बन्ध स्थापित गर्न मद्धत गर्न सक्ला भने साझेदारीमा फाइदा मिल्न सक्ला। ठुला मान्छेबाट समेत लाभ दिलाउन यस परिवर्तन सहयोगी हुन सक्ला। आर्थिक अवस्था बलियो भएर जान सक्ला।
मकर
नयाँ योजना बनाउनको लागि शुभ समय शुरु हुन सक्ला भने तपाईको हरेक आर्थिक योजना समेत सफल हुन सक्ला। वैवाहरिक जीवनमा समेत सफलता मिल्न सक्ने हुँदा प्रणयले भरिपुर्ण रहन सक्ला।
कुम्भ
यस परिवर्तनले तपाईको जीवनमा दुखको वर्षात गराउने देखिन्छ। व्यापारमा नसोच्नु भएको घाटा मिल्न सक्ला भने बन्न लागेको कार्य समेत अड्किन सकल। धार्मिक मामलामा भने समय शुख रहन सक्ला। स्वास्थ्य पनि राम्रो रहन सक्ला।
मीन
यस परिवर्तनले पारिवारिक जीवनमा खुशी बढेर जाने हुन्छ भने मन आनन्दित समेत रहन सक्ला। साथीभाईबाट राम्रै साथ मिल्न सक्ला। यस परिवर्तनले तपाईको जीवनमा खुशी ल्याउनु होला। तर संचार मध्यम देखि भने संयमता अपनाउनु होला।