वृश्चिक राशि हुनेका लागि २०१८ फलिफाप : यी कुरामा मिल्नेछ सफलतै सफलता

एजेन्सी । वृश्चिक राशि हुने तपाईलाई शनिको उत्रिदो साढ़ेसातको ग्रहले तपाइको निम्ति सकारात्मक प्रभाव नै पर्नेछ । करियर र व्यवसाय आदिमा अगाडि बढ्नको लागि तपाइलाई मौका मिल्नेछ । तर लगानी सम्बन्धि बिषयमा सावधानी अपनाउनु पर्ने देखिन्छ ।

आफ्नो वाणीको प्रयोग निकै सोच-विचार गरेर गर्न आवश्यक छ किनकी यहि योग तपाइको लागि आकस्मिक धन प्राप्तिको योग बन्नेछ । तीर्थ यात्रा हुन सक्नेछ जसमा अधिक खर्च हुनेछ । व्यापारिक वर्गको लागि यो वर्ष निकै नै लाभदायी रहनेछ। तर तपाइको व्यापारमा ईमानदारी र पारदर्शिता रहन आवश्यक छ । यदि कुनै नयाँ कार्य-व्यापार आरम्भ गर्न चाहनुहुन्छ या नयाँ सम्झौता गर्न चाहनुहुन्छ भने यो वर्षले राम्रो परिणाम प्राप्त हुनेछ । राजनीतिज्ञ एवंम् प्रशासनिक वर्गका मानिसको हकमा आफ्नो कुशल रणनीतिको बलमा विषम परिस्थितिमा पनि सम्हालिएर काम कारवाही गर्न सक्नुहुनेछ ।

सन् २०१७ को परागमनको तुलनामा यो वर्षको आरम्भ देखि शनि,सूर्य र शुक्र राशिबाट द्वितीय स्थानको धन भावमा बस्नेछन् । जसको फलस्वरूप तपाइलाई स्वास्थ्‍य सम्बन्धी र पारिवारिक समस्याको सामना गर्नु पर्नेछ । विशेषगरि हृदय, किडनी, पेटको रोग, मधुमेह एवंम् श्वास-प्रश्वास सम्बन्धी रोग प्रति सचेत रहनु पर्नेछ । विद्यार्थी वर्ग अथवा शिक्षा सम्बद्ध व्यक्तिहरुको लागि यो वर्ष निकै कठिन रहेछ।

तपाइको लागि प्रबन्धन रचनात्मक कार्य, लेखन, प्रकाशन,सम्पादन,शिक्षण कार्य, सेना, पुलिस तथा इन्जिनियरिङको क्षेत्र निकै राम्रो सावित हुनेछ । यदि यी क्षेत्रसँग सम्बन्धित परीक्षाको तयारीमा हुनुन्छ भने यो वर्ष तपाइलाई सफलता मिल्नेछ ।

प्रकाशित : बुधबार, पुष १२, २०७४१३:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी राशि भएका मानिसहरुलाई उठ्छ अत्यधिक रिस: यसरी गर्नुहोस नियन्त्रण!