खरमास सुरु: यस समयमा भुलेर पनि नगर्नुहोस् यी ३ काम, हुनेछ अनर्थ !

गत शनिवार १६ डिसेम्बर देखि खर मास शुरू भईसकेको छ र यो १४ जनवरी २०१८ सम्म रहनेछ । हिन्दू धर्ममा खरमासको महिना निकै नै शुभ मानिएको छ र यस महिनालाई पुरुषोत्तम महिना पनि भनिने गरिन्छ । यस समयमा सूर्यले  वृश्चिक राशिलाई छोडेर धनु राशिमा प्रवेश गरेको छ । धार्मिक शास्त्र अनुसार यस समयमा सूर्य देवताको रथ घोडाको सट्टा गधाले तान्ने गर्दछ । रथको गति सुस्त हुने भएकोले गर्दा यस महिनामा अत्यधिक जाडो हुने गर्दछ । शास्त्रको अनुसार यस समयमा कुनै पनि धार्मिक कार्य गर्न हुदैन ।

खरमासको कथा: भगवान सूर्यदेव सातवटा घोडाको रथमा सवार भएर लगातार ब्रह्माण्डको परिक्रमा गर्ने गर्दछन् । एक पटक उनको घोडा लगातार चल्नाले र विश्राम नमिल्नाले निकै थकित भएको थियो । भगवान सूर्यदेवले उनीहरुलाई एक पोखरीको किनारमा लगेका थिए तर त्यतिनै बेला रथ रोकियो भने अनर्थ हुने उनलाई आभास भयो । पोखरीको नजिक दुई गधा पनि थिए । भगवान सूर्यदेवले घोडालाई पानी पिउन र आराम गर्नको लागि छोडदिन्छन् र गधालाई आफ्नो रथ तान्न लगाउनु हुन्छ । जसको कारण रथको गति सुस्त हुन्छ । जसो-तसो गरेर एक मास चक्र पुरा गर्दछन् । त्यति बेलासम्म घोडालाई पनि विश्राम मिलि सक्छ । यसरी यो क्रम चलीरहन्छ र हरेक सोर्ह वर्षमा एक सोर्ह महिनालाई खर मास भनिने गरिन्छ ।

यस पुरै महिना भरि विवाह, ग्रह-प्रवेश जस्तो शुभ र मांगलिक कार्य गर्न हुदैन । साथै नयाँ चिज जस्तै नयाँ घर, कार र अन्य नयाँ सामग्री किनमेल पनि गर्न हुदैन । खर मासको समयमा कोहिसँग पनि विवाद गर्नबाट बच्नु पर्दछ र आफ्नो गुरु र ठुलाबडाको आदर गर्नु पर्दछ ।

प्रकाशित : सोमबार, पुष ०३, २०७४१५:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हत्केलामा यस्तो निशान भए व्यक्तिको भाग्य बदलिने!