सपनाको दुनियामा सबैकुरा बिपना झैँ लाग्दछ । सपनामा अनेकथरिका मानिसहरुको अनुहार देखिने गर्दछन् । तर कतिपय सपनामा यस्तो अनुहार पनि देखिन्छ जसलाई हामीले कहिले देखेका पनि हुदैनौ । कहिले साथीको रुपमा देखन्छन भने कहिले दुश्मनको रुपमा अन्जान अनुहारहरु देखिने गर्दछन् । बिपनामा कहिले नदेखेको अनुहार तपाइले सपनामा देख्नुको कारण यस्तो रहेको छ । यदि तपाई पनि आफ्नो सपनामा कहिले नदेखेको अनुहार देखिरहनु भएको छ भने यसको मतलब तपाइलाई त्यस समयमा कुनै शक्तिले हेरिरहेका बुझिन्छ ।
त्यस शक्तिको प्रभावले गर्दा तपाइको भेट कुनै अन्जान व्यक्तिसँग हुने गर्दछ । प्यारासाईकोलिस्ट हेलेन टेलरका अनुसार कुनै शक्तिको प्रभावको कारण आफ्नो सपनामा अन्जान अनुहार देखिने गर्दछ । सकरात्मक शक्तिको प्रभाव भएदेखि तपाइको जीवनमा हुनेवाला घटना देखिने छ या तपाईलाई केहि भन्ने कोशिश गर्दछ ।य सको सट्टा यदि तपाई कुनै अन्जान व्यक्तिसँग सपनामा भेट्नुहुन्छ भने यसको अर्थ तपाई आफुलाई एक्लो महसुस गर्दै हुनुन्छ र तपाइलाई कसैको जरुरत रहेको बुझ्न सकिन्छ ।