एजेन्सी, प्राय मानिसहरु घुम्नको लागि विभिन्न देशका शहरहरुमा जाने गर्दछन् । र हरेक ठाउँबाट केहि न केहि सम्झना स्वरूप उपहार ल्याउने चलन रहेको छ । यस्तै एक व्यक्तिले चीनमा आफ्नो पत्नीको लागि यस्तो उपहार लगेका थिए कि एयरपोर्टमा सुरक्षा चेकिङको समयमा अधिकारीहरुको सात्तो गएको थियो ।
चीनको गुआंग्डोंग प्रान्तमा पछिल्लो दिन एयरपोर्टमा एक बुजुर्ग जोडि ट्राभल गर्दै थिए । उक्त व्यक्तिले आफ्नो झोलामा पत्नीको लागि उपहार राखेका थिए । जब उनको झोला एक्स रे मेशीनबाट गुज्रियो तब अधिकारीले उनको झोलामा केहि हलचल भएको देखे । के छ भनेर खनतलासी गर्दा सबै जना चकितमा परेका थिए ।
उक्त व्यक्तिले आफ्नो पत्नीको लागि झोलामा २०० कक्रोजहर लिएर जादै थिए । अधिकारीहरुले जब यसको कारण सोधे तब ति व्यक्तिले आफ्नो पत्नीलाई छाला सम्बन्धि रोग भएको बताए। कक्रोज घरेलु औषधि बनाउनको लागि र यसलाई कुनै औषधिसँग मिसाएर लगाउदा छाला सम्बन्धिको रोगको लागि राम्रो हुने भएकोले आफुले कक्रोज ल्याएको स्पष्टीकरण दिएका छन् ।