सामान्यतया मानिसहरुले सबैभन्दा पहिले अनुहार हेर्ने गरेका हुन्छन् । मानिसको अनुहारबाट पनि व्यक्तित्वको बयान गर्ने गरेको पाईएको छ । तर के तपाइले कहिले कुनै व्यक्तिको गर्दन हेर्नु भएको छ । हाम्रो शरीरको गर्दनले पनि हाम्रो व्यक्तित्व र स्वभाव झल्काएको हुन्छ । जसको पनि गर्दन हेरेर अनुमान लगाउन सकिन्छ।
कि कुन व्यक्ति धनवान हुनेछ र कसलाई जीवनमा बारम्बार आर्थिक समस्याको सामना गर्नु पर्नेछ । गर्दन हेरेर यो पनि पत्ता लगाउन सकिन्छ कि कुन व्यक्ति विश्वासिलो हुन्छ र कुन व्यक्ति विश्वासघाती । समुद्रशास्त्रले यस्ता गर्दन भएकोलाई यसरि व्याख्या गरेको छ ।
१. समुद्रशास्त्र अनुसार जुन व्यक्तिको गर्दन लामो हुन्छ त्यस्तो व्यक्ति भोगी अर्थात् भोग विलासको वस्तु प्रति अधिक रुचि राख्ने हुन्छन् ।
२. छोटो गर्दन भएको व्यक्तिहरुलाई फाइदा भनेको उनीहरुलाई सधै भाग्यको साथ मिलि रहन्छ ।
३. समुद्रशास्त्र अनुसार जुन व्यक्तिको गर्दन बाङ्गो हुन्छ त्यस्ता व्यक्ति विश्वासघाती हुन्छन् ।
४. जुन व्यक्तिको गर्दनमा नसाहरु देखिन्छ त्यस्तो व्यक्तिहरुले जीवनमा बारम्बार आर्थिक समस्याहरुको सामना गर्नु पर्दछ । यसको विपरीत गोलो आकारको र मजबुत गर्दन भएको व्यक्ति धनवान हुन्छन् ।