एजेन्सी, सपनालाई बिज्ञानले आफ्नै भाषामा व्याख्या गरेको छ भने धर्मशास्त्रले आफ्नै व्याख्या दिएको छ । धर्म शास्त्र अनुसार जिन्दगीमा हुनसक्ने घटनाको आभास कहिले काही सपनामा पनि देखिने गरिन्छ । हरेक सपनाको एक खास रहस्य रहेको हुन्छ । यसले उक्त व्यक्तिलाई कुनै न कुनै संकेत दिएको हुन्छ । धेरै जसो मानिसहरु आफुले देखेको सपना बिहान बिर्सिसकेका हुन्छन् र कतिपय यसको संकेत सम्झिन सफल हुन्छन । सपनामा आगो, पानी को सट्टा सात रङ्ग अर्थात् इंद्रधनुष देख्नू पनि तपाइको जीवन अशुभ र शुभसँग जोडिएको हुन्छ ।
- यदि कोहिँ विवाहित पुरुषले सपनामा इन्द्रधनुष देख्छ भने उक्त व्यक्तिको लागि शुभ संकेत मानिन्छ । यसको मतलब आउने दिनमा उसलाई खुशी प्राप्त हुनेछ ।
- यदि कुनै विवाहित स्त्रीले सपनामा इन्द्रधनुष देख्छे भने उसको लागि अशुभ मानिन्छ । यसको मतलब आउने दिनहरुमा आफ्नो पतिसँग लामोसमयसम्म टाढिनु पर्नेछ ।
- यदि अविवाहित पुरुष या स्त्रीले सपनामा इन्द्रधनुष देख्छन् भने उनीहरुको विवाहमा ढिलाई हुनेछ तर शुभ भने एक योग्य पति या पत्नी जीवनसाथी मिल्नेछ ।
- यदि कुनै व्यापारीले सपनामा इन्द्रधनुष देख्छ भने उसको लागि अशुभ हुन्छ । उक्त संकेत आउने दिनहरुमा घाटा हुनसक्ने मान्न सकिन्छ ।