सयौ भन्दा बढी विमानहरु समुन्द्रमुनि दबिएको अवस्थामा भेट्टीयो, खुल्यो यस्तो रहस्य!

एजेन्सी, प्रशान्त महासागरले हालसम्म १०० ओटा भन्दा धेरै हवाई जहाज खाईसकेको तथ्य सायद सबैलाइ थाहा नहोला । उक्त महासागरमा यस्ता अन्य कैयौ सत्यहरु लुकेर बसेका छन् जुन सबैलाई थाहा नहुनसक्छ । “डेली मेल” को रिपोर्ट अनुसार यो ठाउको बारेमा त्यतिखेर पत्ता लाग्यो जब एक पटक एक चर्चित स्कूबा डाइभर ब्रेंडी मूलर समुन्द्रको गहिरईमा फुटेज लिनको लागि पुगेका थिए । जब उनि समुन्द्रमुनि गए तब उनले त्यहाँ अनेक सत्यहरु दबिएर बसेको देखे । म्यूलरले यी गोप्य रहेको कुराहरुलाई संसार सामु ल्याउने सोच बनाए  र उनि सत्य खोज्न तर्फ बढ्दै गए ।

उनले त्यहाँ हवाई जहाजहरुको फोटो लिन थाले । एकपछि अर्को फोटो लिने क्रममा हवाई जहाजहरुको संख्या एकपछि अर्को गर्दै बढ्दै गईरहेको थियो । करिब १०० ओटा भन्दा बढीको संख्यामा रहेको सबै जहाज अमेरिकन लडाकु विमान थिए । सबै विमानहरु क्रम बद्ध रुपमा डुबेका थिए हेर्दा कुनै दुर्घटनाको सिकार नभएको जस्तो देखिन्थ्यो ।

आफ्नो मन भित्र उत्पन्न भएको प्रश्नहरुको उत्तर खोज्नका लागि उनले यसको अनुसन्धान पनि सुरु गरिसकेका छन् । प्रशान्त महासागरको मार्शल द्वीप समूहदेखि नामुर द्वीपको बीचमा भेटिएको यो जहाजको सत्य निस्कर्ष भने हेर्न बाकि नै रहेको छ ।

प्रकाशित : बिहिबार, कार्तिक ३०, २०७४१९:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आखिर किन उल्टो झुन्डिएर बस्छ चमेरो ? यस्तो रहेछ रहस्य!