अब तपाई आफ्नो भाग्यको बारेमा जान्न ज्योतिष कहाँ गईराख्नु पर्दैन । आफ्नो हात हेर्दै तपाई जान्न सक्नुहुन्छ कि तपाईको भाग्यमा राज योग छ या छैन । जब एक मान्छेको भाग्यमा राज योग हुन्छ त्यो मान्छेको जीवन राजा जस्तै शुखसयल रहन्छ। यी सूत्रहरूको बारेमा जानकारी हस्तरेखा र सामुन्द्रिक शास्त्रमा पाउन सकिन्छ। यी लक्षणहरू हेर्दै थाहा पाउनुहोस् आफ्नो भाग्य चम्कने आधारहरु :
१. शनि पर्वतमा त्रिशुलको चिन्ह: हस्तरेखा विज्ञानअनुसार हत्केलामा रहेका केही चिन्ह धेरै राम्रो मानिन्छ । यी लक्षण र रेखाहरूमा आधारित रहेर यो निर्णय गरिएको छ कि सम्बन्धित मान्छेको भाग्यमा राज योग छ या छैन। यदि शनिको पर्वतमा एक त्रिशुलको निशान छ र हत्केलामा भाग्य रेखाले चन्द्र पहाडबाट आउने रेखालाई छुँदै छ भने यसको प्रभाव अझ बढ्दै जान्छ। साथै यस्ता मान्छे आफ्नो क्षेत्रमा एक ठूलो अधिकारी बन्छ र सम्मान प्राप्त गर्दछ।
२. राज योगको संकेत: जुन मान्छेको हत्केलाको बीच भागमा घोडा, रुख वा स्तम्भ जस्ता निशान हुन्छ त्यस्ता मान्छे धनी हुन्छ। यदि कुनै मान्छेको निधार फराकिलो र ठूलो छ, आँखा सुन्दर र टाउको गोलो छ भने उक्त मान्छेले पनि राजसुख प्राप्त गर्दछ।
३. यस्ता मान्छेमा हुन्छ महालक्ष्मीको कृपा: हत्केलामा ध्यानपुर्वक हेर्दा हस्तरेखाको बीचमा यदि पहाड , तरवार र हलोको निशान छ भने यस्ता मान्छेहरुमा सदैव महालक्ष्मीको कृपा रहन्छ। तपाईको हत्केलामा गुरु र सुर्य पर्वत अग्लो छ , साथ-साथै भाग्य रेखा र बुध रेखा स्पष्ट र सिधा छ भने तपाईमा राज योगको संकेत छ।
४. यस्तो भएमा मिल्न सक्छ सरकारी क्षेत्रमा उच्च पद: हत्केलामा मंगल पर्वत अग्लो साथ-साथै मस्तिष्क रेखा शीरमा दुई भागमा विभाजित भएको छ र कान्छी औंला लामो छ भने उक्त मान्छे राजयोग लिएर जन्मिएका हुन्छन। साथै सरकारी क्षेत्रमा उच्च पद र लाभ प्राप्त गर्न सक्छ।
५. औंलाहरुमा यस्तो विशेषता भएमा: बायाँ हातको चोर औंला र कान्छी औंला भन्दा दायाँको औंला मोटो छ। मंगल पर्वत अधिक अग्लो र सुर्य रेखा प्रबल छ भने त्यस्ता मान्छे कि कलेक्टर या कमिश्नर बन्न सक्छ।