एजेन्सी, मान्छेले मान्छेकै मासु खाएको कुरा सुन्दा जोकोहीले पत्याउदैनन्। तर रुसको क्रासनोदर सिटीमा एक जोडीले वर्षौ अघि देखि ३० जना मानिसको हत्या गरि मासु खाएको घटना बाहिरिएको छ । पुलिसले मान्छेको मासु खाने ति ‘नरभक्षी’ जोडीलाई क्रासनोदर सिटीबाट पक्राउ गरेको छ।
३५ वर्षका दिमित्री बोकेशेव र उनकी नर्स श्रीमती नतालियालाई विगत १८ वर्षदेखि ३० जना मानिसको हत्या गरि मासु खाएको आरोपमा पक्राउ गरेको छ । साथै उनीहरुले आफ्नो घरमा मानव मासुलाई फ्रिजरमा राखी उक्त मासुको अचार पनि बनाउने गरेको खुलासा भएको छ। पुलिसले यी जोडीको घरबाट मान्छेको १९ वटा छाला पनि बरामद गरेको छ ।
पुलिसले यो ‘नरभक्षी’ जोडीको घरबाट आठ शवको अंग पनि बरामद गरेको छ । अनुसन्धानमा खटीएको प्रहरीका अनुसार यो जोडीले आफ्नो घरमा नै एउटा भण्डार बनाएर त्यहाँ शिकारीको शरिरको टुक्रा राख्थे ।