वास्तुशास्त्र अनुसार मुख्यद्वार बाहिर यस्ता वस्तु राख्दा अशुभ हुने, के-के राख्नु हुदैन त?

वास्तुशास्त्र अनुसार घरको मुख्य द्वारको विशेष महत्व रहेको हुन्छ । किनभने घरको यस स्थानमा सबैभन्दा पहिले सकारात्मक ऊर्जा र भगवानको विशेष कृपा प्राप्त हुने गर्दछ । त्यसैले घरको मुख्य द्वारको वरिपरी यस्ता कुनै पनि वस्तु राख्न हुदैन जसले गर्दा हाम्रो भाग्यलाई असर पुराउने काम गर्दछ ।

सामान्यतया मानिसहरु घरको सुन्दरता र आकर्षण बढ्ने आशाले  मुख्य द्वारमा अनेक थरिका बोट-बिरुवाहरु राख्ने गर्दछन् । अझ कतिले त काडाँ भएको बोट-बिरुवा पनि लगाउने गरेका छन् ।  तर यसो गर्नु वास्तुशास्त्र अनुसार असुभ मानिएको छ । वास्तुशास्त्र अनुसार यस्ता वस्तुहरु मुख्य द्वारको नजिक राख्न हुदैन ।

१) ढोका नजिक र घर वरिपरी काडाँ भएको बोट राख्न हुदैन । यस्ता बोटहरुमा नकारात्मक ऊर्जाको वास हुने र घरमा सकारात्मक उर्जाको प्रवेशलाई रोक्ने भएकोले मुख्य द्वारमा नराख्दा राम्रो हुन्छ ।

२) मुख्यद्वार नजिक कहिले पनि भाचिएको कुर्सि या पलंग राख्न हुदैन । यस्तो वस्तु राख्नाले घरमा अशान्तिको बास हुन्छ ।

३) मुख्य द्वार नजिक कहिले पनि फोहोर, मलको  खाल्डो, माकुराको जालो हुनु हुदैन । यस्तो छ भने घरमा देवी-देवताले कहिले प्रवेश गर्ने छैनन् । जुन दुर्भाग्यको कारण बन्नेछ ।

४) सामन्यतया घर भित्र प्रवेश गर्दा मानिसहरु जुत्ता, चप्पल मुख्यद्वार बाहिर खोल्ने गर्दछन् । यसो गर्नाले घरमा लक्ष्मीले प्रवेश नगर्ने र घरमा सधै विवाद भईरहने छ ।

 

प्रकाशित : सोमबार, कार्तिक २७, २०७४१४:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

वास्तुशास्त्र अनुसार पैसा कुनकुन अवस्थामा खसेको शुभ? हेर्नुहोस….