यदि कसैलाई शनि देवको कृपा मिल्छ भने उक्त व्यक्ति हेर्दा हेर्दै राजा बन्न पनि बेर लाग्दैन । त्यसैले शनिदेवलाई प्रसन्न गर्न र उनको प्रभावबाट बच्नको लागी प्राय मानिसहरु नीलम रत्नको धारण गर्दछन् । निलम रत्नले जब कुनै व्यक्तिलाई सकारात्मक परिणाम दिन्छ केही दिनमै सफलताको भर्याङ चढ्न थाल्दछ । त्यसैले निलम रत्न जाचेर सहि समयमा धारण गर्ने गरिन्छ । यदि तपाईले पनि निलम रत्नको प्रयोग गर्नु भएको छ भने यी ४ कुरालाई ध्यानमा राख्न जरुरी रहेको छ ।
१. निलम रत्नको प्रभाव निकै नै छिटो देखिने गर्दछ । यदि यो रत्न तपाइको लागी अनुकूल छैन अर्थात् तपाइलाई यो रत्नले सकारात्मक परिणाम नदिने भयो भने तपाईको आखा दुख्ने जस्तो समस्या देखा पर्दछ ।
२. निलम तपाइलाई फलदायी नहुने भएको खण्डमा दुर्घटनामा परिने र शारिरीक चोट लाग्न सक्छ ।
३. निलम सुभ सावित नहुने भयो भने धारण गर्ने व्यक्तिले तुरुन्तै आर्थिक नोक्सानीको सामना गर्नु पर्ने हुन्छ ।
४. निलम असुभ सावित भएको खण्डमा नराम्रो र डरलाग्दो सपना आउने गर्दछ ।