रातदिन मेहनत गर्दा पनि सफलता हासिल गर्न सक्नु भएको छैन र व्यापार , व्यवसाय सबै घाटामा मात्र गएको छ, नाफा-घाटा स्थिरतामा मात्र हुन्छ भने यसको कारण जमिन पनि हुनसक्छ । वास्तुशास्त्र अनुसार जुन जमिनमा तपाई आफ्नो व्यावसायिक प्रतिष्ठान गरिरहनु भएको छ उक्त जमिन दोषपूर्ण रहेको छ भने पनि तपाईको योग्यता र मेहेनत अनुसारको लाभ मिल्ने छैन । त्यसैले व्यवसाय या फ्याक्ट्री गर्नुभन्दा अगाडि जमिनको राम्रो जाच गर्न जरुरी रहेको छ ।
वास्तु विज्ञान अनुसार यस्तो जमिनमा फ्याक्ट्री बनाउनु पर्छ जहाँको जमिन नुनिलो रहेको हुन्छ । सुक्खा, बाझो, काटिएको र फाटीएको जमिन फ्याक्ट्रीको लागि राम्रो हुदैन । यस्तो जमिनमा फ्याक्ट्री बनाउनाले बारम्बार समस्या आईरहने छ । जुन जमिनमा फ्याक्ट्री स्थापित गर्दै हुनुहुन्छ, त्यस जमिनको आकारले पनि धेरै मान्यता राख्दछ ।
व्यावसायिक प्रतिष्ठानको लागी वर्गाकर र आयाताकर जमिन निकै शुभ हुन्छ । यस्तो जमिन जुन अगाडिबाट फराकिलो र पछाडीबाट सानो हुन्छ । जुन जमिनको उत्तरपूर्वी भाग ठुलो हुन्छ त्यो मात्र फ्याक्ट्री र व्यावसायिक प्रतिष्ठानको लागि लाभदायी हुन्छ । अन्य आकारको जमिन व्यवसायको लागि हानिकारक मानिएको छ । व्यावसायिक लाभको दृष्टिले पूर्वोत्तर दिशामा मुख्य ढोका उत्तम हुन्छ ।
पूर्वोत्तर दिशामा मुख्य ढोका बनाउन समस्या भए उत्तर दिशामा मुख्य ढोका बनाउन सकिन्छ । यसो गर्नाले कर्मचारीसँग राम्रो सम्बन्ध बनि रहने छ। जसले गर्दा उनीहरुको पूरा सहयोग प्राप्त हुन्छ । वास्तु विज्ञानअनुसार दक्षिणीद्वार व्यवसायको लागि राम्रो नहुने र यसबाट बारम्बार बाधाहरुको सामना गर्नुपर्ने हुन्छ । साथै कर्मचारीसँग पनि मन मनमुटाव बनि रहन्छ ।