एजेन्सी, मानिसको शोक पनि गजब-गजबका हुन्छन् । यस्तै एक व्यक्ति छन् जसलाई संसारकै सबैभन्दा धेरै परिवार बनाउन रहर थियो र आखिरमा उनले आफ्नो रहर पुरा गरेरै छोडे । ७० वर्ष पुगेका चुके जियोना चान नाम गरेका व्यक्तिले आफ्नो जीवनमा ३९ वोटा विवाह गरेका छन् । उनको ९४ जना सन्तान रहेका छन् । जम्मा गरि उनको परिवारमा १ सय ८१ जना सन्तान रहेका छन् । यो अनौठो परिवार भारतको मिजोरम राज्यमा बस्ने गर्दछन् ।
अचम्म लाग्दो कुरा के छ भने ७० वर्षको भए पनि जियोना अझै तन्दरुस्त देखिन्छन् । आफ्नो गाउँको सबैभन्दा राम्रो व्यक्ति मान्छन् । गाउँमा जुन महिला राम्रो लाग्छ उनिसँग विवाहको प्रस्ताव लेखेर पठाउने गरेका छन् । यदि महिला मानिनन् भने आफ्नो पत्नीको नातेदारलाइ भनेर हुन्छ या चिनजानको भनेर विवाह गर्ने गरेका छन् । उनको आधा-दर्जन पत्नी जति ४० वर्ष भन्दा कम उमेरका रहेका छन् । उनको पहिलो विवाह १७ वर्षको उमेरमा हुदा भएको थियो । र उनले आफु भन्दा ३ वर्षले जेठीसँग विवाह गरेका थिए । अहिले उनको परिवारमा बुहारी, ज्वाई र नाती-नातिना पनि रहेका छन् ।
विशाल घरमा राजा झैँ जीवन बिताउने जियोनाको परिवार सबैभन्दा खास जियोनालाई मान्ने गरेका छन् । उनि जुन गाउँमा बस्छन् त्यो गाउको सबैभन्दा ठुलो भू-भाग उनकै रहेको छ । ठुलो परिवार र अधिक सम्पतिले उनको परिवार एक राजाको परिवार झैँ जीवन बेतित गरिरहेको छ । मिजोरमको भक्तवांग गाउँमा पहाडी क्षेत्रमा बनेको उनको घर ४ तल्लाको रहेको छ । जहाँ १०० वोटा कोठाहरु रहेको छ । हरेक पत्नी र उनको परिवारलाई एउटा छुट्टै कोठा दिइएको छ । यदि बच्चा ठुला भए भने उनीहरुको विवाह गर्दीएर उनीहरुलाई पनि छुट्टै कोठा दिने गर्दछन् । जियोना आफ्नो घरको सबैभन्दा तल्लो तलामा बस्ने गर्दछन् । घरको सबैभन्दा ठुलो डबल बेडरूम मात्र उनिसँग रहेको छ । हरेक पत्नीलाई उनिसँग समय बिताउनका लागी १ हप्ताको समय दिने गरेका छन् र रोटेशनको हिसाबले पत्नीहरुले जियानसँग समय बिताउन पाउँछन् ।
परिवारको सदस्यलाई याद राख्नको लागि सबैको तस्वीर जियानले कम्प्यूटरमा राख्ने गरेका छन् । जियानको एक छोराले कम्प्यूटरमा आफ्नो पुरै परिवारको डाटा राख्ने गरेका छन् । जसमा हेरक पत्नी र उनको सन्तानको विवरण लगातार राख्ने गरिन्छ । त्यसैले जियानले आफ्नो परिवारको नाम याद राख्न सक्दछन् ।