एजेन्सी, हालै वैज्ञानिकहरुले सौर्य मण्डलमा ताराहरुको बीच एक रहस्यमय वस्तुले प्रवेश गरिसकेको पत्ता लगाएका छन् । नासाको क्णेओसले गरेको घोसणा अनुसार एक वस्तु सेप्टेम्बरमा सौर्य प्रणालीमा प्रवेश गरेको र सौर्य मण्डलको वरीपरी घुमिरहेको बताएका छन् ।
साथै उक्त वस्तु पृथ्वीबाट १५ मिलियन माइल्सको दूरीमा आइसकेको खुलासा पनि गरेका छन् । नासाको सीएनईओएस (CNEOS) को रिसर्च अनुसार सौर्य मण्डलमा एक वस्तु रहेको तर उक्त वस्तुको पहिचान गर्न भने हालसम्म नसकेको जनाएको छ । साथै नासाको बैज्ञानिकहरुले एक प्रेस रिलीजमा उक्त वस्तु तेजिलो र छिटो घुम्ने भएकोले पहिचान गर्न असमर्थ रहेको बताएका छन्। तर उक्त वस्तु सौर्य मण्डलको बाहिरी भागमा रहेको हुनाले यसले कुनै पनि असर नगर्ने पनि खुलासा गरेका छन् । साथै एक पटक बाहिर निस्किएपछि उक्त वस्तु पुन फर्केर नआउने पनि दाबी गरिएको छ ।