एजेन्सी, संसारमा लक्जरी कार र सुपर बाइकको लागि प्रसिद्ध अडी कम्पनीले फेरी बजारमा लन्च गरेको छ । अडी कम्पनीले १.५ करोड बराबर मूल्यको रेसिङ साइकल बजारमा सार्वजनिक गरेको छ । यो साइकलको विशेषता भनेको यसलाई आकर्षक तरिकाले डिजाइन गरीएको छ । यो साइकलमा १४ वोटा गियर रहेको छ भने ८ ओटा गियर पछाडी र ६ वोटा अगाडि राखिएको छ ।
अडी कम्पनीले आफ्नो संसारमा रहेको प्रतिष्ठा अनुसार यो साइकलमा सम्पूर्ण कुरा दिएको छ र यसलाई सबैभन्दा बिशेष र शानदार बनाएको छ । सबै तरिकाको बाटोमा चलाउन सकिने यो साईकलमा डबल पावर डिस्क र डबल पावर शक लगाइएको छ । यो साईकललाई प्रति घण्टा ८० किलोमीटरको गतिमा कुदाउन सकिन्छ । हाल यो नमुनाको लागि एउटा मात्र बनाइएको छ। तर यस आकर्षक साइकललाई अहिलेसम्म १ करोड भन्दा धेरैले मन पराएका हुनाले अब छिटै नै यो साईकल बजारमा उपलब्ध गराउने अडी कम्पनीले जनाएको छ।