एजेन्सी, जब धेरै भोक लाग्छ तब मानिसको मात्र नभई जनावरको समेत दिमागले काम गर्न छाड्दो रहेछ भन्ने कुरा जर्मनीमा भएको एक घटनाले साबित गरेको छ । जहाँ भोकाएको एक गधाले पहेँलो रंगको कारलाई गाजर सम्झी कार चपाउन खोज्दा कारक निकै क्षति भएको छ ।
गधाले आफ्नो कार खाएको देखेपछि कार मालिकले उक्त गधाको मालिकलाई करिब साढे ५ हजार युरो क्षतिपूर्ति दिनुपर्ने माग गर्दै मुद्दा हालेका थिए। अदालतले पनि कार मालिकको पक्ष लिदै क्षतिपूर्ति तिर्न अर्थात् क्षति भए बमोजिमको रकम तिर्न फैसला गरेको थियो। तर गधा मालिकले भने असुरक्षित ठाउँमा कार पार्किङ गर्नाले गधाले क्षति पुर्याएको र यसमा आफ्नो कुनै गल्ति नभएको भन्दै उनले क्षतिपूर्ति तिर्न अस्विकार गरेका छन्।