एजेन्सी, आफ्नै आमालाई बन्चरो प्रहार गरि हत्या गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । यो घटना बुधबार दिउँसो भारतको मुरलीपुरा गाउँमा भएको हो । प्रहरीले ति युवकसँग लिएको बयानअनुसार उनलाई आमाले घरमा बसिरहेका बेला नुहाउन लगाएकी थिइन् । उनले नुहाउन पठाएको रिसमा आफ्नै आमालाई बञ्चरोले हानेर हत्या गरेका थिए । त्यसपछि ति युवकले रिसकै झोकमा आमालाई हत्या गरि कपडामा पोको पारेर इनारमा फालेका छन् ।
भारतीय संचारमाध्यमको अनुसार आमाले जिद्दी गर्दै गाली गर्न थालेपछि हत्या गरेको समाचार उल्लेख छ। बन्चरो प्रहारबाट आमाको घटनास्थलमै मृत्यु भएको बताइएको छ । अहिले प्रहरीले शवलाई पोष्टमार्टमको लागि पठाएको छ । मृतक महिलाको नाम बादामी यादव र हत्या गर्ने युवक लाखन यादव हो । तन्नामा पोको पारेर गाउँकै सुख्खा इनारमा फलिदिएको बादामीको शव लखनका दाजुले प्रहरीलाई सूचना दिएका थिए ।