एजेन्सी – हालै अमेरिकाको एउटा कम्पनीले करोड मूल्य पर्ने एक बोतल पानी सार्वजनिक गरेको छ । यो पानीको बोतलको बिर्को सुनको बनाइएको छ ।
जसमा १४ क्यारेटका ६ सय वटा सेतो तथा २५० वटा कालो हिरा पनि जडित छ। यो बोतलको हरेक खोल छुट्टा-छुट्टै बनाइएको छ । करोड मूल्य पर्ने यो बोतल सजिलै किन्न भने पाईने छैन । किन्नका लागि सर्वप्रथम कम्पनीसँग अर्डर गर्नुपर्दछ । अर्डर पश्चात कम्पनीले पानी उत्पादन गरेर सिधै अमेरिकाको बेवर्ली हिल्सबाट उपभोक्तासम्म पुर्याउने गर्दछ । उक्त बहुमूल्य बोतलको पानी कम्पनीले अग्लो झरनाबाट संकलन गर्ने गर्दछ ।
यस्तो महँगो पानिको बोतल सायद पिउनका लागि नभई लक्जरी कलेक्सनका रुपमा किनिने अनुमान गर्न सकिन्छ ।