एजेन्सी – रुख चढ्नु कुनै सामान्य काम होइन । भारत हरियाणाको एक ३२ बर्षीय मुकेश कुमार युवक रुखमा उल्टो बनेर अर्थात् उँधोमुन्टो परेर सजिलै रुख चढ्न सक्छन । उनको यस क्षमता देखेर सबै मानिसहरु अच्चममा पर्ने गर्छन ।
उनी सानै समयदेखि रुख चढ्न रुचाउथे । उनले १३ वर्षको उमेरदेखि नै उल्टो बनेर रुख चढ्न थालेका हुन् । त्यस समयमा मुकेश जम्मा २३ फुट मात्र उल्टो बनेर चढ्न सक्थे तर नियमित रुपको प्रयासले उनि अहिले ५० फुटको रुख सजिलैसँग ५ मिनेटमै चढ्न सक्छन । उनि अब चाडै नै गिनिज बुकमा आफ्नो नाम लेखाउन चाहन्छन् ।