बेलायतमा ६ हजार ७ सय जना महिला र ५ हजार पुरुष माथि गरिएको यौन इच्छा सम्बन्धि एक अध्ययन अनुसार समयसंगै महिला तथा पुरुष दुवैको यौन इच्छामा उत्साह कम हुने गर्छ ।
तर महिलाको यौन इच्छामा आएको उदासीनताको खोज गर्दा एउटै पुरुषसँग लामो सम्बन्धमा बसेका र भावनात्मक लगावमा कमी भएकाले सेक्सप्रतिको इच्छामा कमी भएको अध्ययनको निष्कर्ष छ । यौन जीवनप्रति रुचि नहुनु जस्तो समस्यलाई हटाउनका लागि ड्रग तथा लागूऔषधमा रोक लगाउनु पर्ने अध्ययनले बताएको छ ।
साथै खराब स्वास्थ्य, घरमा स-साना बच्चा हुनु, कामुक संवादको अभाव तथा भावनात्मक लगावमा चिन्ताको कारणले गर्दा पुरुष तथा महिलामा यौन इच्छाको कमी हुनु नै यो समस्याको मुख्य कारण हो ।