दुई नदि माथिबाट बग्ने अर्को यस्तो अनौठो नदी

एजेन्सी, सन् २००३ मा  झन्डै ६ सय करोड लगानीमा निर्माण भएको जर्मनको मैग्ड़ेन वाटर ब्रिज (पुल) विश्वभरी नै ‘मैग्ड़ेन वाटर ब्रिज’ को नामले प्रसिद्द रहेको छ । जर्मनको मैग्ड़ेन शहरमा रहेको हवेल र मिटेल्याण्ड नदीको माथि रहेको यो पुलबाट अर्को नदि बग्दछ। त्यस नदीमा जुनसुकै पनि जहाजहरु पनि चल्दछ। साथै व्यवसायिक जहाजहरु पूर्वी जर्मनी र पश्चिमी जर्मनीबाटमा जान आउन प्रयोग हुन्छ ।

यो पुलमा भएको नदी मैग्ड़ेन शहर बाहिरको एल्बे नदीसँग गएर मिल्छ । सन् १९३० मा निर्माण गर्न लागिएको यो पुल दोस्रो  विश्वयुद्धको कारण रोकिएको थियो । पछि १९९७ मा यो पुलको निर्माण सुरु गरियो र सन् २००३ मा यसको निर्माण पुरा गरिएको थियो ।

प्रकाशित : सोमबार, भदौ १२, २०७४१८:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के हो ‘टा–टा टावेल ब्रा’? जसले संसारभरी मच्चायो हंगामा (भिडियोसहित)